सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23804430_1645606308830267_2073172990_nसडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आइतबार काठमाडौको माइतीघरमा र्याली , मैनबत्ती प्रज्वलन तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ !
सुरक्षित र दिगो यात्रा नेपालले आयोजना गरेको सो कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा एबम नेपाल इन्जिनियर्स एसोसिएसनको साथ रहेको थियो।
कार्यक्रममा आ.व. २०७३/७४ मा सडक दुर्घटनामा ज्यान गुमाएका २३८५ आत्माहरुको चीरशान्तीको कामना गर्दै माइतीघरबाट सवारी आवागमनलाई असर नपर्ने गरेर सडक पेटीबाट र्याली निकाली बबरमहल हुँदै फेरि माइतीघरमै समापन गरिएको थियो ।
अन्तरास्ट्रिय स्तरमा नोवेम्बर महिनाको तेस्रो आइतबार मनाइने गरिएको कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन को तर्फबाट लक्ष्मण केसीले नेपालको सन्दर्भमा सडक सुरक्षा तथा चुनौतीहरु उल्लेख गर्नुभएको थियो भने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक बिपिन गौतमले जनचेतनामूलक सन्देश दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै सुरक्षित र दिगो यात्रा नेपालका अध्यक्ष हेमन्त तिवारीले कार्यक्रमको उदेश्य औचित्य एबम सडक सुरक्षामा सबैको भूमिकाको संक्षिप्त्त जानकारी दिनुभएको थियो ।