धादिङमा चुनाव तयारी यसरी हुंदैछ [फोटोफिचर]

1229 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_9957-21112017063803-1000x0मंसिर ५, २०७४-मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । चुनावका लागि मंगलबार १ हजार ९ सय २१ जना कर्मचारी खटाइएका छन् । मतदान अधिकृत र सुरक्षाकर्मीलाई केन्द्र तोकेर मतदान सामग्री हस्तान्तरण गरिएको प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिए । जिल्लाका २ निर्वाचन क्षेत्रमा २ सय ७५ मतदान केन्द्र छन् । प्रत्येक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र सहयोगी कर्मचारी खटाइने कार्यालयले जनाएको छ ।

जिल्लाकै विकट उत्तरी भेगको रुवीभ्यालीमा खटाइएका मतदान अधिकृतलाई मंगलबारै निर्वाचन सामग्री बुझाइएको छ । मतदान अधिकृतसहितको सुरक्षा टोली बिहीबार साँझसम्म कार्यक्षेत्र पुगी मतदानस्थलको तयारी, निषेध क्षेत्र, मतदाता परिचयपत्र, सर्वदलीय बैठकलगायत काम थाल्नेछन् ।

जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेनासँगै सशस्त्र प्रहरीका ४ सय ९३, नेपाल प्रहरीका १ हजार ३ सय ९८ र म्यादी प्रहरीको १ हजार ३ सय ५९ जनशक्ति खटिनेछन् । हरेक बुथमा १७ सुरक्षाकर्मी र एक गाउँपालिकामा प्रहरी निरीक्षकको कमान्डमा २ ‘स्ट्राकिङ’फोर्स परिचालन हुने प्रजिअ श्यामप्रसाद भण्डारीले बताए ।

 

-इकान्तिपुरबाट