पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

1001 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bam Bihani Paumpधादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ ।
सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर शंस्कापद ढंगबाट मिल्काईएको अवस्थामा भेटिएपछि स्थानीयले तत्काल सो बारेमा गजुरी स्थित इलाका प्रहरी कार्यालयमा जानकारी दिएका थिए ।
शंकास्पद अवस्थामा भेटिएको उक्त बस्तु बम भएको पुष्टि भएपछि गजुरी स्थित देवीदत्त गणबाट खटिएको नेपाली सेनाको टोलीले सो बमको डिस्पोज गरेको थियो । व्यस्त सडकमा बम भेटिएपछि डेढघण्टा जति राजमार्गमा सवारी आवागमन समेत रोकिन पुगेको थियो । सांझ ५ वजे तिर बम निष्क्रिय वनाएपछि प्रहरीले सवारीसाधन गुडन दिएको थियो । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिकाको विहानी पम्प नजिकै राजमार्ग छेवैमा सकेट बम फेला परेपछि राजमार्ग २ घण्टा अवरुद्ध बन्‍न पुग्यो।अज्ञात समूहले बम राखेको हल्ला फैलिएपछि राजमार्गका प्रहरी युनिटहरुले आफ्नो आफ्नो क्षेत्रमा नै सवारी साधनलाइ रोकेर राखेका थिए।

स्थानियले बम जस्तै देखिने फलामको पाइप भेटिएको जानकारी प्रहरीलाइ दिएपछि राजमार्गको दुवैतर्फ सवारी आवागमन बन्द गरेर सेना र प्रहरीको टोलीले अनुसन्धान गरेको थियो।अनुसन्धानको क्रममा बम नै रहेको पुष्टि भएपछि गजुरी स्थित नेपाली सेनाको देविदत्त गणबाट खटिएको बम डिस्पोजल टोलीले बमलाइ सुरक्षित तरिकाले निस्कृय पारी राजमार्ग सुचारु गराएको छ।