उत्तरी धादिङका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइने

721 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ १० मंसिर,–धादिङको उत्तरी भेगमा पर्ने अति विकटका मतदान केन्द्रहरुबाट ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम ल्याईने भएको छ ।
आईतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उत्तरी भेगका ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताउनु भयो ।

सडक सञ्जालले नछोएको जिल्लाकै सबैभन्दा विकटमा रहेको रुविभ्याली गाउँपालिकाका मतदानकेन्द्र र सदरमुकामदेखि टाढा रहेका मोटरवाटो नपुगेका अन्य मतदानकेन्द्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनु भयो । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम लानेक्रम चलिरहेको छ ।