फिस्लिङमा बस त्रिशूलीमा खस्यो, ६ को मृत्यु (फोटो फिचर)

2108 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Fisling Accident 2

धादिङ,१३ मंसिरः काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको यात्रुवाहक बस चितवनको इच्छाकामना गाउँपालिकामापर्ने फिस्लिङस्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४ पुरुष र २ महिला रहेका छन् ।अहिले सम्म मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
लु २ख २९१ नम्बरको बस   बिहान ९ः१५ बजे सडकबाट ४० फिट तल त्रिशूलीमा नदीमा खसेको मुग्लिन प्रहरीले जनाएको छ सबैभाग त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने समेत खुलेको छैन । विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यका अनुसार ६ जनाको हालसम्म शव फेला परेकोे छ । आचार्यका अनुसार, दुर्घटनामा परि घाईते भएकाको उद्दार गरि नजिकको स्वास्थ्य केन्द्र लगिएको छ । बस त्रिशुली नदीमा डुबेको कारण थप उद्दारमा कठिनाई भएको  छ । बसमा कति यात्रु थियो भन्ने बारेमा खुल्न बाँकी छ ।

Fisling Accident 1 Fisling Accident 2 Fisling Accident 3 Fisling Accident 5 Fisling Accident 6 Fisling Accident 7 Fisling Accident 8

तस्बिर: बिश्वदिप डिसिको फेसबुकबाट