logo

त्रिशूलीमा गाडी खस्दा , १० वर्षमा ५९६ को मृत्यु

1382 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Fisling Accident 2

त्रिशूली नदीमा अहिलेसम्म कति व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भन्ने यकिन तथ्यांक नभए पनि विगत १० वर्षको अवधिमा ज्यान जानेको संख्या ५९६ रहेको छ । धादिङदेखि चितवनसम्मको सडकखण्डमा सवारी दुर्घटनाबाट ५९६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ । त्रिशूलीमा परेर पनि अंगभंग हुनेको संख्या भने हजारौं नाघ्ने प्रहरीको भनाइ छ ।

मध्यक्षेत्र प्रहरी कार्यालय हेटांैडाका अनुसार त्रिशूली सडकखण्डमा मात्रै यो दुर्घटना भएको हो । तर, त्यसभन्दा यता र उताको सवारी दुर्घटान पनि कम कहालीलाग्दा छैनन् । गत आर्थिक वर्षको अन्तिमको सरकारी तथ्यांकअनुसार मध्य क्षेत्रको त्रिशूली सडकखण्डमा मात्रै १ हजार ८ सय १० सवारी दुर्घटना भएका थिए । मध्य क्षेत्रले धादिङ त्रिशूली सडकखण्डलाई सवारी दुर्घटनाको ‘रेड जोन’मा राखेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार २०७२ वैशाख ९ गते धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १७ जनाको एकैपटक मृत्यु भयो । धादिङ जिल्लाको नौबिसेमा पशुपतिनाथ तीर्थयात्राका लागि आएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १६ जना भारतीय धार्मिक पर्यटकको मृत्यु भएको थियो । धादिङ ट्राफिक प्रहरीका अनुसार २०७२÷७३ मा ९५ वटा सवारी दुर्घटना हँुदा ६५ जनाको मृत्यु भएको छ भने १ सय २१ जना घाइते भएका छन् ।

गत वर्ष रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खस्दा २५ यात्रुको मृत्यु भयो भने १६ घाइते भए । १० अझै बेपत्ता रहेको भन्दै खोजबिनका लागि आफन्तले प्रहरीमा निवेदन दिए । उनीहरूमध्ये अझै केही त फेला नै परेका छैनन् । ११ भदौमा सडकखण्डको चण्डीभन्ज्याङ–९ स्थित जलबिरेबाट ना३ख ४५५६ नम्बरको मालवाहक ट्रक त्रिशूलीमै खस्यो । वीरगन्जबाट तनहुँ जाँदै गरेको ट्रक त्रिशूलीमा खसी आधा डुबेको थियो । ट्रकको हुटमा बसिरहेका सात जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

चालकहरूमा अनुशासनको कमी, ओभरटेक, तीव्र गति, साँघुरा सडक, यातयातका साधन वृद्धि, पैदलयात्रीमा सवारी ज्ञानको कमी नै दुर्घटनाका कारण

त्यस्तै, गत वर्ष पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–७ मा पुलबाट त्रिशूली किनारमा ट्रक खस्दा दुई जनाको ज्यान गयो । दुई घाइते भए । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई चुमखोलाको पुलबाट त्रिशूली किनारमा खसेको थियो । दुई वर्षअघि मुग्लिननजिकै घोप्टेभीरबाट पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशूलीमा खस्दा तीन जनाको मृत्यु भयो भने घिमिरे भने अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी विपद् व्यवस्थापनको कुरिनटारको टोली नवलपरासीसम्म पुगेको छ । तर, अझै फेला पार्न सकेको छैन ।

पछिल्लो समय यसखण्डमा दुर्घटना हुने क्रम रोकिएको छैन । सवारी चाप बढी, साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना हुने गरेको पाइएको छ । यस खण्डमा साना र ठूला दुर्घटना नभएका दिन हुँदैन । सडकछेउमा पसल तथा होटल व्यवसाय गर्नेहरू यस्ता दुर्घटनाका साक्षी बन्छन् । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानीरिक्षक (डीआईजी) मनोज न्यौपानेका अनुसार अधिकांश दुर्घटना ओभरटेक र चालकको लापरबाहीले हुने गरेका छन् । ‘सवारीधनीले दुई चालक नराख्नु, चालकले मनोमानी गरी सवारी चलाउनु र लेन अनुशासनको उल्लंघन तथा क्षमताभन्दा बढी यात्रु चढाउनु नै दुर्घटनाका प्रमुख कारण हुन्,’ प्रवक्ता डीआईजी न्यौपानेले भने ।

यात्रु प्रत्यक्षदर्शी दुर्घटनाको दोष चालकलाई दिन्छन् । सडकको दूरवस्थाले गर्दा पनि दुर्घटना हुने गरेको छ । चालकले मदिरा सेवन गरेर गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना हुने गरेका छन् । यहाँ चल्ने गाडीबीच ‘ओभरटेक’ गर्न प्रतिस्पर्धा चल्छ । तलमाथि भयो भने त्रिशूलीमा खस्छ । यो खण्डमा पुगेपछि आँखा चिम्लिएर यात्रा पूरा गर्ने धेरै भेटिन्छन् । प्रहरीको १० वर्षको दुर्घटना तथ्यांकले यस्तो अवस्था भयावह देखाएका छ । २०६३ यता चितवनको नारायणगढदेखि धादिङको सीमा मौवाखोलासम्म भएका दुर्घटनामा ३३५ जनाले ज्यान गुमाइसकेका छन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic