धादिङबाट पाँच जना शाखा अधिकृत

2454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

logotxt धादिङ-पछिल्ला बर्षमा लोकसेवामा खासै आकर्षण नदेखिएको धादिङ जिल्लाबाट यो वर्ष एकैपटक पाँच जना शाखा अधिकृत निजामति सेवामा प्रवेश गरेका छन् । लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको अन्तिम नतिजामा बुुढाथुमबाट सुुवास खत्री राजस्व समूह, सांकोषबाट किशोर सापकोटा व्यवस्थापिका संसद सेवा, कल्लेरीबाट इन्द्रबहादुर खतिवडा सामान्य प्रशासन समूह, ढोलाबाट भूमिराज श्रेष्ठ लेखा समूह र बेनिघाटबाट रिता विशुुराल न्याय समूहमा सिफारिस हुुनुुभएको छ । अघिल्लो वर्ष सांकोषबाट नारायण राउत राजस्व समूूह, नीलकण्ठबाट विवेक रिजाल लेखा समूह र ज्यामरुङबाट डिलमान शाक्य सामान्य प्रशासन समूहमा गरी तीन जना शाखा अधिकृतमा सिफारिस हुनुुभएको थियो । यसले धादिङमा पनि लोकसेवा प्रति आकर्षण बढ्दै गएको प्रष्ट हुुन्छ । क्षमतावान युुवाहरुले यसलाई आधार मानेर लोकसेवा तयारीमा लागेमा आगामी वर्षहरुमा अझै निजामती सेवामा धादिङको प्रतिनिधित्व बढ्ने देखिन्छ ।