शुक्रबार र आइतबार सार्वजनिक विदा दिने निर्णय

1068 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bida-768x456नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनमा सार्वजनिक विदा दिने निर्णयय भएको गृह मन्त्रालयल जनाएको छ ।

आइतबार पनि सार्बजनिक विदा परेकोले लगातार तीन दिन सार्वजनिक विदा हुने भएको छ।

शुक्रबार सरकारले घोषणा गरेको विदा, शनिवार नियमित र आइतबार पनि किरात समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पूर्णिमा परेकाले बिदा छ।

त्यसैगरी सरकारले इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको दिन पुस १० गते सोमबार पनि विदा दिने निर्णय आजै गरेको छ।  यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदाको व्यवस्था गरेको थियो।
मन्त्रालयले सूचना जारी गर्दै भोलि मंसिर १५ र इसाई धर्मावलम्वीहरुको पर्व क्रिसमस डे पौस १० गते पनि सार्वजनिक विदा दिने जनाएको छ ।