फिस्लिङ दुर्घटनाका बेपत्ता ७ अझै पत्ता लाग्न सकेन

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Fisling Accident 8चितवन । गत बुधबार इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा सवार सातजनाको अझै पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको सो बसमा यात्रा गरी आएका र आफन्तहरूले सम्पर्कमा नआएको भनी दाबी गरेका सातजनाको अझै पत्ता लाग्न सकेको नसकेको हो ।

बेपत्तामध्ये तीनजनाको नाम चलानीमा देखिएको छ भने अन्य बीचबाटोबाट चढेको देखिएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार बेपत्ता हुनेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ का दुर्गाबहादुर कार्की, सन्धिखर्क-१ का मनिषा थापा, धारापानी-३ का नमराज बन्जाडे, अर्घाखाँची भूमिकास्थाना नगरपालिकाका हुमकला राहु मगर, नवलपरासीका शंकर कुँवर, विकास रेग्मी र कोपिला पोखरेल छन् ।

घटनामा सातजनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

लु २ ख २९१ नम्बरको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

खसेको तीन दिनपछि नदीबाट बसलाई बाहिर निकालिएको थियो । घाइतेहरूको अहिले पनि काठमाडौँ र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।