धादिङ जिल्लामा जन्मिएका अग्रज पत्रकारहरु सम्मानित हुंदै

643 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ (धादिङन्युज) ।  धादिङ जिल्लामा जन्मिएर देशका विभिन्न भुभागमा रहेर पत्रकारितामा सक्रिय रहंदै आउनुभएका पत्रकारहरुलाई सम्मान गरिने भएको छ ।
श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल धादिङ जिल्ला समितिले धादिङवेसीमा एक कार्यक्रमको आयोजना गरी अग्रजपत्रकारलाई सम्मान गर्न लागेको हो । शुक्रवार धादिङवेसीमामा हुने पत्रकार सम्मान कार्यक्रमकोDhading News.com प्रमुख अतिथी नेकपा एमालेका प्रभावशाली नेता एवम पुर्व उपप्रधान तथा गृह मन्त्री केपी शर्मा ओली रहनुहुने भएको छ ।
सम्मानित हुने पत्रकारहरुमा किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठी,ओम शर्मा, नवराज लम्साल,मदन लम्साल,ध्रुव सिम्खडा,सोहम सुवेदी,मिलन तिमिल्सिना लगायत २१ जना रहेका छन । प्रेस चौतारी नेपाल धादिङको जिल्ला परिषद बैठकको अवसर पारेर अग्रज पत्रकारहरुलाई सम्मान गर्न लागिएको चौतारीका जिल्ला अध्यक्ष रामेश्वर कार्कीले जानकारी दिनुभयो ।