धादिङ न्यूज डट कमको मोवाइल एप्लिकेशन लोकप्रिय बन्दै

2640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading News - Android Apps on Google Play1 copyधादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमले आफ्ना पाठकहरुको लागि  लागि थप गरेको सुविधा ‘धादिङ न्यूज मोवाइल एप्लिकेशन ‘लोकप्रिय वन्दै गएको छ । ।
           देश विदेशमा छरिएर रहेका ईन्टरनेट पुस्ताका पाठकहरुलाई लक्षित गर्दै तयार पारेको ‘धादिङ न्यूज मोवाइल एप्लिकेशन ’ मा संसारभरका खबरहरु  पढ्न पाउनुका साथै  संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो रोजाईको नेपाली एफएमहरु सुन्न सकिन्छ ।यसै गरी सुनचाँदीको दरभाउ र विदेशी मुद्राको विनिमय दर, नेपाली तिथि मिति सहितको नेपाली क्यालेण्डर हेर्न मिल्नुका साथै नेपाली र अंग्रेजी मिति परिवर्तनको सुविधा समेत धादिङ न्यूज मोवाइल एप्समा समावेश भएका कारण ‘धादिङ न्यूज मोवाइल एप्लिकेशन ‘लोकप्रिय वन्दै गएको छ । ।
       मोबाईल मार्फत धादिङ न्यूज पढ्न चाहने  पाठकहरु दिनप्रतिदिन बढ्दै गएपछि आम पाठकलाई सजिलो होस भन्ने लक्ष्यका साथ अनलाइनले ४ जुन २०१६ बाट  ‘एप्स’ तयार पारेको धादिङ न्यूज डट कमका कार्यकारी निर्देशक बुद्धिमान वाईवाले  बताउनु भयो । ‘प्रविधिको विकाससँगै अनलाइनको स्तरोन्नती गर्ने क्रममा एक बर्ष अघि देखि हामी परीक्षणका रुपमा  ‘एप्स’ सिस्टममा गएका थियौं  ।’ कार्यकारी निर्देशक  वाईवाले  भन्नुभयो । –‘ एप्सको प्रयोग शुरु गरेपछि  यसले अनलाइनलाई अझै  विश्वव्यापी बनाउन सघाएकोमा  हामी विश्वस्त छौँ ।’
राजधानीको नजिकै रहेर पनि सूचना प्रविधिको क्षेत्रमा ठुलो फड्कोमार्न नसकिरहेको धादिङ जिल्लामा रहेर अनलाइन सञ्चालन गर्नु सजिलो नभएपनि आम पाठकको माया र साथले गर्दा धादिङ न्यूज डट कमले मोबाईल एप्लिकेसन सार्वजनिक गरेर संसारभर धादिङको खबर प्रवाह गर्न सफल भएको वाईबाको दावी छ ।
पहिलो चरणमा ‘गुगल एप्लिकेशन  सेन्टर’मा मात्र  अहिले धादिङ न्यूज मोवाइल एप्लिकेशन प्राप्त हुनेछ । एन्ड्रोईड मोबाईल प्रयोगकर्ताहरुले ‘गुगल एप्स’मा Dhading News  सर्च गरेर यसलाई डाउनलोड गर्न सक्नेछन् ।  एप्पल मोबाईल प्रयोगकर्ताहरुका लागि पनि ‘एप्स’ निर्माण भैरहेको र चाँडै त्यसलाई पनि सार्वजनिक गरिने अनलाइनले जनाएको छ ।
मोबाईलमा यो एप्स डाउनलोड गरेपछि धादिङ न्यूजले अपलोड गर्ने सम्पूर्ण समाचार, भिडियो र अन्य सामाग्रीहरु प्रयोगकर्ताहरुले सहजै प्राप्त गर्नेछन् । धादिङ न्यूजले अपलोड गर्ने सामाग्रीहरु एउटै ‘क्लिक’मा प्रयोगकर्ताहरुले व्यवस्थित रुपमा पाउने भएकाले देश विदेशमा धादिङ न्यूज मोवाइल एप्लिकेशन लोकप्रिय वन्दै गईरहेको छ ।
धादिङ न्यूज मोवाइल एप्लिकेशन डाउनलोड गरेपछि संसारको जुनसुकै कुनामा भएपनि देश विदेशका खबरहरु पढ्न र  नेपाली अनलाइन सजिलै संग सुन्न चाहनेहरुका लागि सुविधा पुगेको छ ।
धादिङ न्यूज सिधै एन्ड्रोइड एपबाट खोल्न  यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।