गल्छीलाई अपाङ्ग मैत्री गाऊँपालिका वनाउने प्रतिवद्धता

837 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी २० मंसिर ।“सबैका लागि दिगो र समातामुलक समाज उन्मुख रुपान्तरण , कोही पनि नछुटनु दिगो विकासको नारा , अपाङ्ग मैत्री योजना कार्यन्वयनमा जुटौ हामी साराˮ भन्ने मुल नाराका साथ २६ औ अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा गल्छी गाऊँपालिका र सिड्स धादिङको सम्पूक्त आयोजनामा भएको गाऊँपालिकाका निर्वाचीत प्रतिनिधिहरु संगको अन्तरक्रिया कार्यक्रममा सहभागी वडा अध्यक्ष एबं पालिका अध्यक्षले यस अघि निर्वाचित भएको समय तत्काल वजेट विनियोजन गर्न पर्ने अवस्थामा संबोधन हुन छुटेको भएता पनी आगामी परिषदवाट गाऊँपालिकालाई अपाङ्गमेत्री वनाउन आवश्यक योजना र वजेट व्यवस्था गर्ने प्रतिवद्धता सहित आवश्यक सहयोगका लागी यस क्षेत्रमा काम गरिरहेका सस्थाहरुले सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती ले कार्यक्रमको उद्धेश्य र स्थानिय सरकारको प्रथामिकताका बिषयमा जानकारी गराउनुका साथै अपाङ क्षेत्रका अभियान कर्ता राजु रेग्मी जिल्ल वाल कल्याण अधिकृत हरि प्रसाद उप्रेती, प्रदिप लोहनी , दिल वहादुर रम्तेल लगाएतले बिभिन्न बिषयमा प्रस्ट पार्नुभएको कार्यक्रममा अपाङता भएका व्यक्तिहरु र जनप्रतिनिधिहरुले दिवशलाई दिवशमा सिमित नगरी उपलब्धि हाशिल गर्न सक्ने वनाउनु पर्ने वताउनु भएको थियो । सो अवशरमा नेपाल सरकारको स्थानिय तह सञ्चालन कार्यदेश र ऐनमा भएको व्यवस्थालाई तत्काल कार्यन्वयनमा ल्याउन समन्वय समिति गठन गरी परिचालन गर्ने प्रतिवद्धता रहेको थियो ।