धादिङमा छ स्थानबाट मतगणना गर्ने तयारी

90 पटक पढिएको

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार २०:४५

सम्पादक: Dhading News

????????????????????????????????????

 धादिङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङ ले यही मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी गरेको छ ।

दोश्रो चरणको निर्वाचन सकिएलगत्तै मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गर्ने तयारी अन्तिम चरणमा पुगेको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताए ।

प्रतिनिधिसभा क्षेत्र नं १ को मतपेपटका जिल्ला भूसंरक्षण कार्यालयमा राखिएकाले सोही स्थानमा मतगणनाको तयारी गरिएको छ । दुई वटा कोठाको तीन स्थानमा मतगणना गर्ने तयारी गरिएको र मतगणनास्थल तारजालीले बारेर तयारी अवस्थामा राखिएको सो क्षेत्रका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ को मतगणना जिल्ला समन्वय समितिको हलमा तीन स्थानमा गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

धादिङमा दुई लाख ३३ हजार ५०५ मतदाता रहेकामा एक लाख ५६ हजार ३८५ जनाले मात्र मतदान गरेका थिए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका रहेका छन् ।


२० मंसिर २०७४, बुधबार २०:४५ मा प्रकाशित

समाचार

सबै

प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी.....

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले.....

सातै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

काठमाडौं, २६मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका.....

सांसद खेम लोहनीको मतदातालाई आभार

धादिङ-संयुुक्त वाम गठवन्धनको तर्फवाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट  प्रतिनिधि सभा.....

Motorcyclist killed in Dhading bike-truck collision

KESHAV ADHIKARI The image of an overturned motorcycle after it had collided with a truck in Gajuri Rural Municipality-2 of Dhading district, on Monday, December 11, 2017. Photo: Keshav Adhikari DHADING: A person died after a motorcycle he was riding on collided with a truck.....