कडा सुरक्षाको वीच धादिङमा मत गणना शुरु (फोटो फिचर सहित)

1919 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24852329_1490592334360812_920959408503450236_nधादिङबेसी,२१ मंसिर । मंसिर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना मंसिर २१ गते सांझ ६ वजेबाट सुरु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना एकै पटक सुरु गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नंम्बर १ को मतगणना जिल्ला भू–संरक्षण कार्यालयको हलमा र क्षेत्र नंम्बर २ को मत गणनाका लागि जिल्ला समन्वय समितिको सभाहलमा भईरहेको छ ।
मतगणना ५ वजेबाट शुरु हुने भनिएपनि साँझ ६ बजेबाट मात्रै सुरु भएको थियो । मतगणना स्थलमा तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ । उम्मेदवार र दलका प्रतिनिधिलाई तारजाली भित्र प्रवेश गर्न दिईएको छैन । प्रत्येक केन्द्रमा १२ जनाका दरले मतगणना स्थलमा ४८ जना कर्मचारी खटिएका छन ।
धादिङ जिल्लामा दुईलाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मतदान गरेका थिए ।

प्रतिनिधि सभा क्षेत्र नं १ — जम्मा मतदाता : १,१८,१५० खसेको : ७९,४२३

प्रदेश सभा १ (क) — जम्मा मतदाता : ४५,४५८ खसेको : ४३,५६४

प्रदेश सभा २ (ख) — जम्मा मतदाता : ५२,६९२ खसेको : ३५,८५९

प्रतिनिधि सभा क्षेत्र नं २ — जम्मा मतदाता : १,१५,३५५ खसेको : ७६,९५०

प्रदेश सभा १ (क) — जम्मा मतदाता : ६१,११८ खसेको : ४१,३४३

प्रदेश सभा २ (ख) — जम्मा मतदाता : ५४,२३७ खसेको : ३५,६०७

24312597_1490592234360822_606374819949035553_n 24775156_1490591804360865_7482594048112255285_n 24852329_1490592334360812_920959408503450236_n 24852527_1490591801027532_4820410644507729309_n 24899740_1490592331027479_3251870305293932586_n 24900134_1490591811027531_2696723656697876605_n