नुवाकोटमा नेपाली कांग्रेसका नेता केसीलाई हराएर खतिवडा विजयी

1540 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ddc8ad6653993bd32f3962d524c9d81bec0b3fa5नुवाकोट २४ मङि्सर : देशमा संविधान र संघीयतालाई कार्यान्वयन गर्ने क्रममा पहिलो चरणमा मंसिर १० गते आइतबार नुवाकोटमा भएको मतदानको अन्तिम मत परिणाम आइतबार बिहान सार्वजनिक भएको छ। दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश तह रहेको नुवाकोटमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

नुवाकोटको एक प्रतिनिधि सभा र तीन वटा प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन्। प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका जिल्ला नारायणप्रसाद खतिवडा विजयी भएका छन्। उनले कांग्रेस नेता अर्जुननसिह केसीलाई १० हजार पाँचसय ५७ मतान्तरले पराजित गरेका हुन्। प्रतिनिधिसभा क्षेत्र नं. २ मा विजयी ६० वर्षीय खतिवडाले पुराना राजनीतिज्ञ नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीलाई पराजित गर्दै ३६ हजार ८ सय ९२ मत ल्याएका छन्।

उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरे। केसी २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन तथा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा क्रमशः नुवाकोट क्षेत्र नं. ३ र १ वाट विजयी भएका थिए।

सोही क्षेत्रको प्रदेश क मा एमालेका केशवराज पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ र सोही क्षेत्रको प्रदेश ख मा एमालेका बद्री मैनाली विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।