सांसद खेम लोहनीको मतदातालाई आभार

3403 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सामाजिक सञ्जाल फेसबुक वालमा लेख्दै लोहनीले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई आभार व्यक्त गर्दैै सँधै जनताकै विचमा रहने वताउनु भएको हो ।

     ” मंसिर १० गते सम्पन्न भएको निर्वाचनमा मलाई र बामगठबन्धनलाई जिताउन अमूल्य मतदान गर्नु हुने सम्पूर्ण मतदाता प्रती आभार प्रकट गर्दछु । नेता,कार्यकर्ता, समर्थक, शुभचिन्तक, स्वयंशेबकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै प्रचार ,शुभकामना, सदभाब,सहयोग प्रकट गरेर, नैतिक, भौतिक रूपमा सहयोग गर्नु हुने सबै मित्रहरुमा र निर्बाचनमा खटिनु हुने कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक, स्वयंशेबक,सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु” लोहनीले  लेख्नु भएको छ ।

लोहनीले  निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्ने राष्ट्रसेवकहरु, आफुलाई विजयी गराउन लागि पर्ने संयुक्त वाम गठवन्धनका नेता/ कार्यकर्ताहरु, शुभचिन्तकहरु, सञ्चारकर्मी, ईष्टमित्र, लगायतलाई  धन्यवाद व्यक्त व्यक्त गर्नुभएको छ । यसै गरी धादिङ क्षेत्र नम्बर १ को प्रदेश नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य शालिकराम जमकट्टेल,क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य डाक्टर रामकुमार अधिकारीले पनि  मतदाता तथा निर्वाचनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नु भएको छ ।