संसद्‌मा अब कुन दलको कति सिट ?

960 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Vote-countingकाठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। प्रत्यक्षतर्फ धेरै पछाडि परेको नेपाली कांग्रेसको मत समानुपातिकतर्फ भने एमालेकै हाराहारीमा छ। दुई दलबीचको मतान्तर पचास हजार पनि छैन नेपाल तारा डट कमले खबर लेखेको छ ।

हालसम्म ९५ लाख ४४ लाख ६४१ मत सदर भएको छ ।प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने नेकपा (माओवादी केन्द्र) १३ लाख तीन हजार ७२१ मत ल्याएर तेस्रो पार्टी भएको छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३६६ मत प्राप्त गरेका छन् ।

यी पाँच दलहरुले मात्र समानुपातिकको थ्रेसहोल्ड पार गरेका छन्। अरु दलहरुले तीन प्रतिशतको थ्रेसहोल्ड नकटाएकोले समानुपतिकतर्फका बाँकी सिट पनि  बाँडफाँट गरिने छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ। दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत ल्याएको छ।

समानुपातिकतर्फका कुल ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा फोरम र राजपाले ६/६ सिट पाउने सम्भावना छ। तर निर्वाचन आयोगले औपचारिक रुपमा सिट बाँडफाँट गरेको छैन।

आइतबार बिहान सर्लाही क्षेत्र नम्बर २ को समानुपातिकको मतगणना सकिएसँगै सम्पूर्ण मतगणनाका काम सकिएको हो।समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ।

प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादी केन्द्र ३६, काँग्रेसले २३, राजपाले ११, फोरमले १० सिट जितेका छन्। त्यसैगरी राप्रपाले १,नेमकिपा १, जनमोर्चा १ र स्वतन्‍त्र १ ले जितेका छन्।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी ३७५ सदस्य रहनेछ।

स‌ंसद् दलहरुको अवस्था यस्तो हुनेछ

१. एमाले – १२१
२. काङ्ग्रेस – ६३
३. मा. के. – ५३
४. रा ज पा – १७
५. फोरम – १६
६. रा प्र पा – १
७. नयाँ शक्ति – १
८. जनमोर्चा – १
९. ने म कि पा – १
१०. स्वतन्त्र -१