“ङोरी मुपाला बोरी खपला वि ,बोरी मुपला का ङोरी खपला “

2112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


25437058_10210063450363105_2063549367_nधादिङका उदियमान गायक तथा संगितकार रोशन फ्युवा नयाँ गित लिएर दर्शक सामु आएका छन ।उत्तरी धादिङको विकटमा रहेको खनियाबास गाउँपालिकाको दार्खामा जन्मिएका फ्युवा म्हेन्दोमाया संस्कृतिलाई गित, संगित तथा चलचित्र मार्फत संरक्षण गर्दै प्रचार प्रसारमा  सक्रिय छन ।  फ्युबा को नयाँ म्हेन्दोमाया गीत ल्हाप्साङ्कर्पो म्युजिक सेन्टर प्रा लि को अफिसिएल च्यानल बाट सार्वजनिक भएको हो । “ङोरी मुपाला बोरी खपला वि , बोरी मुपला का ङोरी खपला -” भाग्यमा भएको भाग मा परेको कि भाग मा भएको भाग्यमा परेको भन्ने सान्दर्भिक शब्द हरुको सम्योजन रहेको यस् गीतलाई गायक आँफैले रचना गरी संगीत  भरेका छन । गायन मा फ्युबा लाई चर्चित सेलो गायिका जितु लोप्चन  र अभिनय मा म्हेन्दोमाया गायिका तथा मोडल छिमी मम्बा ले साथले साथ दिएकी छिन भने जसमा बालकलाकार  तेन्जिङ सोनाम र कुसुम तमाङ लाई समेत  हेर्न सकिन्छ मङ्सिर महिनाको अन्तिम दिन सार्नजनिक गरेको भिडियोलाई सबैले तारिफ गरेको फ्युबाले बताए ।
धेरै गीत तथा चलचित्र हरुमा निर्देशन गरिसकेका फ्युबाको यो पहिलो अभिनय भने होइन तर यो भिडियोमा फरक तरिकाले आफुलाई प्रस्तुत गरेको उनि बताउछन । फ्युबा को सोचलाई निर्देशक राज किङ वाइबा ले निर्देशन् र मरुभुमिले छायांकन  गरेका छन् ।दोस्रो म्हेन्दोमाया म्युजिक  अवार्ड लाई लक्षित गरी भनाएको यस् भिडियो मा मान्छेको जीवन मा अाइपर्ने समयक्रम लाई देखाउन खोजिएको छ । ४ वटा खन्ड मा बिभाजित रहेको दृष्यहरुमा  फ्युबा र छिमी मम्बा को काल्पनिक जोडी निकै सुहाएको देखिन्छ ।