वरिष्ट रंगकर्मि हरिबहादुर थापा कोलोराडोमा सम्मानित

1747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका गीति नाटक मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मि हरिबहादुर थापालाई कोलोराडोमा एक समारोह बिच सम्मान गरिएको छ ।
DSC_0247अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार आयोजित समारोहमा यहा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा वरिष्ठ रंगकर्मि, अभिनेता, निर्देशक, तथा संगीत नाट्य अकेडेमीका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरिएको हो । सोही समारोहमा कथा, कविता, नियात्रा तथा पत्रकारिता मार्फत नेपाली भाषा, साहित्य र संकृतीमा अमुल्य योगदान पु¥याएको भन्दै साहित्यकार महेन्द्र चालिसेलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित द्धयलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र उपाध्यक्ष मीना पौडेलले फुलकोमाला लगाई दिई सम्मान पत्र प्रदान गरि सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्मानित रंगकर्मि थापाले अभिनयको माध्यमबाट नेपाली भाषा साहित्य तथा कलाको क्षेत्रमा पु¥याएका योगदानको साहित्यकार ज्ञानेन्द्र गदालले चर्चा गरेका थिए । कार्यक्रममा रंगकर्मि प्रँज्ञ हरिबहादुर थापाद्धारा अभिनित दश वटा नाटकको मुख्य अंसका झलकहरु समेटिएको दश पाईला प्रदर्शन गरिएको थियो । गीती नाटक मालती मंगले, सकुन्तला, अमरसिह, देउकी, भित्ते घडी, पाहाड चिच्याई रहेछ , पृथ्वीनारायण शाह, सहनसिला सुसिला जस्ता चर्चित नाटकहरुमा थापाले देउकीको बाबु देखी बडामहाराज धिराज पृथ्वीनारायण शाह सम्मको भुमीका बढो कुशलताका साथ गरेका अभिनयमा तत्कालिन समाजको चरित्र झल्कन्थ्यो ।
पाच बर्षको उमेर देखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान देखि अमेरिकाको न्यूयोर्क स्थित अफ द ब्रोड अवे थीयटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् । उमेरले झण्डै ७० बसन्तको हाराहारी पुग्न लागी सकेका थापा अझै उत्तीकै सकृय क्रियासिल रहेका छन् । समारोहमा उनले चर्चित नाटकहरु फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरुको साना टुक्रा अभिनय गरेर देखाएका थिए ।
यसरी थापालाई अभिनन्दन गरिएको कार्यक्रममा उपस्थित हुनेहरुमा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष साबु गदाल, , ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टरका अध्यक्ष टिका पौडेल, एनआरएन कोलोराडो च्याप्टरका निर्वतमान अध्यक्ष बासुदेव खनाल, उपाध्यक्ष कुमारजंग कार्कि, आयोजक संस्थाको निर्वतमान अध्यक्ष भुपेन्द्र महत, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष मीन्ँँ पौडेलले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेकी थिईन्, भने सदस्य यशोदा भट्टले कार्यक्रम संचालन गरेकी थिईन् ।
DSC_0317मानिस जहा जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना हुने गरेको छ ।