उत्तरी धादिङमा व्यावसायिकरुपमा अलैँचीखेती

53 पटक पढिएको

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार ०९:२०

सम्पादक: Dhading News

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् ।

0-Alaichiबर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् ।

जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँचीखेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रि का किसान यस खेतीको विस्तारमा लागेका छन् । केही वर्षअघि घर वरपर एक दुई बोट अलैँची लगाएका किसानले अहिले भिरालो र पानी भएको जमिनमा हजारौँ अलैँचीका बिरुवा लगाएका छन् ।

“एउटै किसानले १५/२० रोपनीमा पाँच हजारसम्म बिरुवा लगाएका छन्,” झार्लाङका रामसिंह तामाङले भने । अलैँचीबाट अबको दुई वर्षमा नै उत्पादन लिन पाउने उनको भनाइ छ । यहाँका किसानले खेर गएको सयौँ रोपनी जमिनमा सामूहिक रुपमा अलैँचीखेती गरेका छन् ।

गत वर्ष लगाएको अलैँचीमा फल लाग्न सुरु गरेको तामाङ बताउछन् । अन्न बाली अत्यन्त कम उत्पादन हुने उत्तरी धादिङको झार्लाङ र रिमा भिरालो करिब ३०० रोपनी जमिनमा किसानले अलैँचीखेती गरेका छन् । “प्रत्येक परिवारले आफ्नो घरायसी प्रयोजनका लागि समेत धेरथोरै अलैँचीको बिरुवा लगाएका छन्,” तामाङले भने । यहाँका ३५ परिवार व्यावसायिक रुपमा अलैँचीखेतीमा संलग्न छन् ।

अलैँचीखेती प्रवद्र्धनका लागि किसानले जिल्ला कृषि विकास कार्यालयसँग प्राविधिक सहयोगका लागि माग गरेका छन् । सकारले ग्रामीण क्षेत्रका युवालाई नगदेबालीतर्फ आकर्षित गर्नसके रोजगारका लागि विदेश जानेको सङ्ख्यामा कमी आउने यहाँका किसान बताउँछन् ।


११ पुष २०७४, मंगलवार ०९:२० मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....