तार जोड्न गएका युवकको बिजुलीको पोलमै ज्यान गयो

755 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, पुष १५ –धादिङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला विछदं गाउँपालिकाका जयराम अगस्तीको ज्यान गएको  हो ।

download (5)

शनिबार दिउसो धादिङको ज्वालामूखी गाउँपालिका –४, पुर्सुकमा पोलमा चढेर मेन लाइनबाट शाखा लाइनमा तार जोड्ने क्रममा करेन्ट लागेर २३ वर्षीय अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आचास चौधरीले लिएको ठेक्कामा काम गर्दै आएको अगस्तीको घटनास्थल मै मृत्यु भएको  उज्यालो अनलाइनमा खबर छ

गाउँमा शाखा लाइन जोड्न पोल गाड्ने र तार टाँङ्ने काम भैरहेको थियो । हामी पोल खन्न अगाडि गएका थियौ । तार जोड्दा हल्लिएर अर्काे तारमा छुन पुगेछ । स्थानीय हरि तिमल्सेनाले भन्नुभयो, ‘हामी आउदा उहाँको ज्यान गइसकेको रहेछ ।’

अहिले प्रहरी टोली र ठेकेदार घटनास्थल पुगेर घटनाको छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धु्रवराज राउतले बताउनुभयो । रात परेको र शवलाइ पोलबाट निकाल्न समस्या भएका कारण भोलि मात्र पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेशी ल्याइने समेत उहाँले बताउनुभयो ।