पत्रकार महासंघ धादिङका उपाध्यक्ष बुढाथोकी दुर्घटनामा परि घाईते

1268 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

26112278_1956647167686420_121299870485875759_nधादिङ-नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष,प्याव्सन धादिङका उपाध्यक्ष अध्यक्ष एवम धादिङबेसीमा रहेको एडभान्स एकेडेमीका प्रिन्सिपल  गोविन्द बुढाथोकी दुर्घटनामा परि घाईते हुनु भएको छ ।

निजी कामको कामको लागि  गजुरी पुगेर धादिङबेसी फर्कदै गर्दा बुढाथोकी सवार बा ६८ प ३१२३ नम्बरको मोटरसाइकललाई मलेखुतर्फ जाँदै गरेको ना ५ ख ३७६४ नम्बरको ट्रकले धादिङको सिद्धलेक गाउँपालिका १, कालीदहस्थित कालुपाण्डे मार्गमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाईते बुढाथोकीको जिल्ला अस्पताल धादिङबेसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

26169072_10208740330705970_1383559970429788811_nयसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले एक प्रेस विज्ञप्ति जारी गर्दै घाईते बुढाथोकीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।