सिंचाई कुलोको निर्माण भएपछि किसानहरुमा छायो खुसीयाली

66 पटक पढिएको

प्रकाशित मिति: २३ पुष २०७४, आईतवार ०९:४६

सम्पादक: Dhading News

26637842_10208771157316616_444661665_nसिंचाईका समस्याको कारण मुस्किलले एक बाली धान लगाउने गजुरी गाउँपालिकाको वडा नं. ७ र ८ का किसानहरु अहिले तीन बाली खेती गर्न पाउने भन्दै खुसी भएका छन् । विगतमा मुस्किलले एक बाली लगाउने किसानहले अहिले उनिहरुले मंसिरको धान काटेलगत्ते अहिले आलु, गहुलगाएत अन्य हिउदे तरकारीहरु लगाउन सुरु गरेका छन् । कुलोमा पानी संचालन भएसंगै आफुहरुले सिजन अनुसारको नगदे तथा खाद्यन्य बाली लगाउन पाउने त्यसको विक्रिबाट आम्दानी समेत बढ्ने उनिहरुको भनाई छ ।

जिल्ला सिंचाई कार्यालय धादिङलाई पटक पटक विग्रीएको कुलो मर्मतका लागी आग्रह गर्दा समेत विभिन्न कारण देखाई बेवास्था गरे पछी किसानहरुकै आग्रहमा एक गैर सरकारी संस्थाको असी प्रतिशत र गाँउलेहरुको जनश्रमदान विस प्रतिशतमा दरिगाल खोलाबाट कुलो बनाई पानी ल्याईएको हो । अहिले निर्माण गरिएको कुलोमा किरान्चोकका करिव एक हजार रोपनी खेतमा सिंचाईको सुविधा हुने किसानहरुले बताएका छन् । करिव २६ लाख बरावरको आर्थिक सहयोग गैर सरकारी संस्थाले गरेको र पाँच लाख स्थानीय किसानहरुको जनश्रमदानमा कुलो निर्माण कार्य सम्पन्न भएको किसानहरुको भनाई छ । अहिले निर्माण भएको कुलो भने अरसिसि ढलान गरी निर्माण गरिएको छ । अब भने किसानहरुले दुई बाली धान खेती गर्ने र हिउदमा भने तरकारी लगाएत अन्य नगदेबालीको खेती गर्ने जनाईएको छ। जस्का कारण किसानहरुको आम्दानी समेत बढ्ने र उनिहरुको आर्थिक स्थर उन्नती हुने देखिन्छ । अक्सफामको साझेदारीमा प्रयास नेपा धादिङले नेपाल भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत  गजुरी गाउँपालिकाको वडा नं. ७ र ८ मा ३/३ सिंचाई योजना मार्फत सिंचाई कुलो मर्मत गर्न सहयोग गरेको कार्यक्रम व्यवस्थापक उमेश नकर्मीले जानकारी दिनु भयो ।

26637736_10208771157836629_3668405_nप्रयास नेपालको सहयोगमा वेल्खुखोला,आरुवोटे, मन्ध्रमुरे सिंचाई मर्मत आयोजना गजुरी ७ मा ५९ रोपनीमा सिंचाई सुविधाबाट १४२ घरधुरी, लाभान्वीत हुने योजनाको लागत ११ लाख ३५ हजार ७सय ६३ रहेको छ । यसै गरी लेटेठांटी सिंचाई कुलो मर्मत सुविधाबाट ३४घरधुरी लाभान्वीत हुने र योजनाको लागत १३ लाख ९९ हजार ४ सय ५२,दुलनटार सिंचाई मर्मतबाट ७२ घरधुरी लाभान्वीत हुने र योजनाको लागत रकम १६ लाख २५ हजार २९ रुपैया रहेको कार्यक्रम अधिकृत दिपक कुवरले जानकारी दिए । कुबरका अनुसार तल्लो खाल्टे सिंचाई मर्मतबाट ३४ घरधुरी लाभान्वीत र योजनाको लागत १० लाख ९७हजार ३९ रुपैयामा सिंचाई कुलो मर्मत कार्य संचालन हुनेछ । यसै गरी पात्लेमाल्टार सिंचाई मर्मतबाट ४५० रोपनी सिंचाई सुविधाबाट ७५ घरधुरी लाभान्वीत र योजनाको लागत १५ लाख १० हजार ८ सय ९२,लामकुलो सिंचाई मर्मतबाट ४५घरधुरी लाभान्वीत योजनाको लागत ९ लाख १५ हजार १९ रुपैया र वट्टार सिंचाई कुलो मर्मतबाट ७८घरधुरी लाभान्वीत योजनाको लागत १९ लाख ३७ हजार ४ सय ४१ मा सिंचाई कार्य सम्पन्न हुने कार्यक्रम व्यवस्थापक उमेश नकर्मिले वताउनु भएको छ ।


२३ पुष २०७४, आईतवार ०९:४६ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....