माघे संक्रान्तिमा धादिङ, नुवाकोट र रसुवामा गोरु जुधाईने

2191 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

26231531_2030395197218569_5250033805077169565_nयस वर्षको माघे संक्रान्तिमा गोरु जुधाइने भएको छ। धादिङको ,धुवाँकोट, खाल्टे, नुवाकोटको तारुका,रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावती    गोरु जुधाउन लागिएको हो ।

धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार भन्ने मुल नारा कासाथ माघ १ गते गोरु जुधाइ तथा कृषि मेला प्रदशनी हुने भएको छ ।गत वर्ष पनि बृहत साँस्कृतिक कार्यक्रम गरेको भँङ्गेरी युवा समाज धुवाँकोटले यस वर्ष पनि  नीलकण्ठ नगरपालिका वर्डा नम्बर १४ को आयोजा तथा सहआयोजक भँङ्गेरी युवा समाज धुवाँकोटले गोरु जुधाइ तथा कृषि मेला प्रदशनी गर्न लागेको हो ।धादिङको खाल्टेमा पनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता हुन लागेको वताईएको छ । खाल्टेमा ३ बर्ष देखि नियमित रुपमा गोरु जुधाई प्रतियोगिता हुंदै आईरहेको छ ।

माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाइमा सहभागी हुन १८ हल ,बेत्रावतीमा १० हल, पञ्चकन्यामा ८ हल गरी ३६ हल गोरु जुधाउन  दर्ता भएका छन् । तारुकाको चन्दनी पाटोमा ‘बुलफाइट’ को व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारी तीव्र बनाएको ‘माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था’ का अध्यक्ष शिव बहादुर अधिकारीले जानकारी दिए ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बयोबृद्धहरुको भनाई छ ।जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन ।

गोरु जुधाइको व्यवस्थापनका लागि दुबैतिर तीव्र गतिमा काम भइरहेको छ । गोरु जुधाइका लागि रसुवा नुवाकोट र धादिङका कृषकले नाम दर्ता गराइसकेका छन् । नेपाल र तिब्बतबीच १८४९ असोज १७ गतेल बेत्रावती सन्धि भएको खुशीयालीमा मेला सञ्चालन गर्ने गरिएको बताइएको छ ।

रसुवा, नुवाकोटसहित देशको विभिन्न स्थानबाट आउने दर्शकका लागि मञ्च र प्याराफिट निर्माणको काम भइरहेको आयोजकले जनाएको छ । मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार तोकिएको छ। बेत्रावतीतर्फ गोसाइँकुण्ड युवा क्लब र तारुकातर्फ माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले गोरु जुधाई सञ्चालन गर्दै आएका छन । गोरु जुधाई हेर्न नुवाकोट ,काठमाडौ, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, रसुवा लगायतका जिल्लाबाट मानिसको भिड लाग्ने गरेको छ ।