वर्षैभरि धमिलो बग्छ त्रिशूली नदी

1652 पटक पढिएको

प्रकाशित मिति: १ माघ २०७४, सोमबार १९:०७

सम्पादक: Dhading News

Trisuli-768x366

 धादिङ-लामो समयदेखि हुँदै आएको त्रिशूली नदीको अतिक्रमण रोकिएको छैन । सम्बन्धित निकायले अतिक्रमण नियन्त्रणका लागि पहल गरेको र तत्काल रोकिने बताउँदै आएको दाबी गरे पनि अतिक्रमण नरोकिएको हो । नदीको किनारमा खुलेका बालुवा धुने फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सीधै नदीमा मिसाइन्छ । जसकारण मध्य हिउँदमा पनि त्रिशूली नदी वर्षाको भेलजस्तै धमिलो हुने गरेको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

राजमार्ग र त्रिशूली नदीको बीचमा खुलेका बालुवा प्रशोधन केन्द्रले त्रिशूली नदीलाई मात्र होइन, पृथ्वी राजमार्गलाई पनि उत्तिकै प्रदूषित बनाइरहेका छन् । ह्वाइट वाटर र्‍याफ्टिङका लागि लोकप्रिय मानिने त्रिशूली नदी प्रदूषित बनेपछि पर्यटक नै आउन छाड्ने हुन् कि भन्ने चिन्ताले र्‍याफ्टिङ व्यवसायीलाई सताउन थालेको छ ।

26230840_10213487712999603_3476576943978626707_nधादिङको बेनिघाटमा रिसोर्ट सञ्चालन गरेका व्यवसायी यो समयमा सफा र कञ्चन पानीमा र्‍याफ्टिङ गर्न पाउने हो भने नेपालीहरूसमेत ओइरिएर आउने बताउँछन् । तर, र्‍याफ्टिङको सिजनमा समेत पर्यटक नदीको पानी देख्नेबित्तिकै नाक खुम्च्याएर फर्कने गरेको व्यवसायीको गुनासो छ ।

२ सय फिरफिरे
त्रिशूली नदीको धादिङ खण्डअन्तर्गत बैरेनीदेखि गजुरीसम्म अव्यवस्थित रूपमा खुलेका झन्डै दुई सयको हाराहारीमा रहेका फिरफिरेले हरेक दिन त्रिशूली नदीलाई प्रदूषित बनाइरहेका छन् । यसबीचमा त्रिशूली नदीमाथिको प्रदूषण नियन्त्रणका लागि पटक–पटक आवाज उठेको भए पनि यसतर्फ खासै प्रगति भएको छैन ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी त्रिशूली नदीमाथिको प्रदूषण रोक्ने विषयमा आफूले धेरै पहल गरेको बताउँछन् । ‘देशकै पवित्र नदीका रूपमा रहेको त्रिशूली नदीको प्रदूषण रोक्ने विषयमा धेरै छलफल भएको छ, नदी व्यवस्थित बनाउने विषयमा सम्बन्धित गाउँपालिकामा जानकारी गराइसकिएको छ, तर परिवर्तन देखिएन,’ उनले भने ।

स्थानीय तह सञ्चालन भइसकेको अवस्थामा आफ्नो क्षेत्रभित्रको अतिक्रमण र प्रदूषण रोक्ने काममा सम्बन्धित गाउँपालिकाले चासो देखाउनुपर्ने प्रजिअ भण्डारीको भनाइ छ । ‘प्रशासनले त एकपटक प्रहरी पठाएर रोक्न सक्ला, तर यसबाट पनि स्थायी रूपमा समाधान त निस्कँदैन,’ उनले भने, ‘स्थानीय तह नै तात्नुपर्छ, ब्याक सपोर्ट हामी गर्छौं ।’

पर्यटन व्यवसायमा असर
त्रिशूली नदीमा बालुवा प्रशोधनले प्रदूषण मात्र बढाएको छैन, पर्यटन व्यवसायलाई समेत नकारात्मक असर पारेको छ । कुनै वेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट र्‍याफ्टिङ गर्नमिल्ने नदीको उपमा पाएको त्रिशूली नदी पछिल्लो समयमा अतिक्रमणको चपेटामा पर्न थालेपछि निकै कम संख्यामा जलयात्रा हुने गरेको होटेल व्यवसायी बताउँछन् ।

 

अहिले धादिङको गल्छी गाउँपालिकाको बैरेनीदेखि लिएर बेनीघाट रोराङ गाउँपालिकाको जोगिमारासम्मको क्षेत्रबाट त्रिशूली नदी प्रदूषित बनेको स्थानीयले बताएका छन् । यसमा पनि गल्छी गाउँपालिका र गजुरी गाउँपालिका क्षेत्रमा धेरै बालुवा प्रशोधन उद्योगले फोहर र प्रदूषण गरेको देखिन्छ ।

बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र सञ्चालित रहेका बालुवा प्रशोधन उद्योगलाई बन्द गराइसकेको, तर गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाले व्यवस्थित गर्न नसक्दा समस्था थपिएको आरोप लगाए ।

उता, गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले पनि नदीआसपासका बालुवा प्रशोधन उद्योगलाई व्यवस्थित गर्ने तयारी भएको बताए । ‘हामी यस्ता उद्योगको व्यवस्थापनका लागि काम गरिरहेका छौँ, केही दिनभित्रै नदीमाथि भएको प्रदूषण रोकिन्छ,’ अध्यक्ष बस्नेतले भने । तर, दिनको समयमा बन्द गरी रातिको समयमा फिरफिरेहरू सञ्चालन हुने गरेको स्थानीयको आरोप छ ।

——————————————————————————————–

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र टुविटर  मार्फत पनि जोडिन सक्नुहुन्छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१ माघ २०७४, सोमबार १९:०७ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो.....

आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

धादिङ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द.....

लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

लापा - बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस.....

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण.....

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका.....

Categories