बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

148 पटक पढिएको

प्रकाशित मिति: १ माघ २०७४, सोमबार २०:००

सम्पादक: Dhading News

26906489_1701893783201519_101053441_o सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

गत पौष २८ गते शुक्रबार सम्पन्न भएको कार्यक्रममा कक्षा ९ र १० का करिब ८५ जना विद्यार्थीहरु एबम शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको सो कार्यक्रममा सडक दुर्घटना र यसका कारणहरु एबम दुर्घटना न्यूनीकरणमा सडक प्रयोगकर्ता र विभिन्न निकायहरुको भूमिका एबम ट्राफिक नियमको बारेमा चर्चा भएको थियो । कार्यक्रममा सुरक्षित र दिगो यात्रा नेपालका प्रदिप नेपालले सस्थाको बारेमा जानकारी एबम कार्यक्रमको उदेश्य प्रकाश पार्दै सडक दुर्घटनाका कारणहरु र न्यूनीकरणका उपायहरु लगायत सडक प्रयोगकर्ताका भूमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो । नेपालको सन्दर्भमा सडक दुर्घटनाको स्थिती चित्रण गर्दै उहाँले ट्राफिक नियम पालना गर्दा हुने फाइदा र नियम उलंघन गर्दा हुनसक्ने खतराहरुको बारेमा सचेत गराउनु भयो। त्यस्तै उहाँले बिद्यालय तह बाट नै ट्राफिक नियम र सडक सुरक्षाका उपायहरुका बारेमा आफू जानकार भएर नियम पालना गर्दै अरुलाई पनि सिकाउनका लागि विद्यार्थीहरुसङ्ग आग्रह गर्नुभयो। त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक नवीन खनालले यस्ता कार्यक्रमको बिद्यालय स्तरमा दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भुमिका रहेको भन्दै सुरक्षित र दिगो यात्रा नेपाललाई धन्यवाद र शुभकामना दिनुभयो । काठमाडौमा विविध कार्यक्रम गर्दै आएको सुरक्षित र दिगो यात्रा नेपालले अब काठमाडौ बाहिर पनि जनचेतना फैलाउने लक्ष्यका साथ अगाडी बढ्दै विभिन्न जिल्लाहरुमा बिद्यालय तथा अन्य तहहरुमा सडक सुरक्षा सम्बन्धी विविध कार्यक्रम, सेमिनार तथा गोष्ठी आयोजना गर्ने सस्थाका अध्यक्ष हेमन्त तिवारीले बताउनु भयो।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।


१ माघ २०७४, सोमबार २०:०० मा प्रकाशित

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....