यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

1211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Province-Chief-768x426नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली कांग्रेसको सिफारिसमा पाँच जना र मधेसी दलको सिफारिसमा दुई जना परेका छन् । कांग्रेसको सिफारिसमा पर्नेहरुमा प्रदेश १ का गोविन्द सुब्बा, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्ल हुन् । संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश २ का रत्नेश्वरलाल कायस्थ र राष्ट्रिय जनता पार्टीको सिफारिसमा उमाकान्त झा प्रदेश प्रमुख तोकिएका हुन् ।

प्रदेश प्रमुखको योग्यताका लागि राजनीति नगरेको हुनुपर्ने भनिएपनि दलिय सहानुभूति राख्ने अनुहारहरु नै प्रदेश प्रमुख तोकिएका छन् ।

प्रदेश १ प्रमुख सुब्बा धनकुटाका स्थायी निवासी र अंग्रेजी विषयका प्राध्यापक हुन् । अखिल राजनीति गरेका उनी पछि कांग्रेस निकट मानिन्छन् ।

प्रदेश २ का प्रमुख कायस्थ पूर्व सचिव, योजनाका आयोगका पूर्व सदस्य र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका (स्टाफ कलेज)का प्रमुख रहिसकेका व्यक्ति हुन् ।

प्रदेश ३ कि प्रमुख कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । चेलीवेटी वेचविखन विरुद्धको उनको अभियान र कार्य अन्तर्राष्ट्रियस्तरमा चर्चित छ।

प्रदेश ४ का प्रमुख कुँवर पूर्व महान्यायाधीवक्ता हुन् । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए । उनी अर्घाखाँचीका स्थायी निवासी हुन् ।

प्रदेश ५ का प्रमुख झा पूर्व सचिव र खिलाराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थिए ।

प्रदेश ६ का प्रमुख खनाल केही समय शिक्षण पेशामा थिए । पछि उनी कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।

प्रदेश ७ का प्रमुख मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य र परराष्ट्र सहायक मन्त्री बनेका व्यक्ति हुन् ।