सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

865 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

surung-marga-32691सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि सारेको छ ।
५ स्थान छनौट गरि तत्काल निमार्ण प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययान गर्नेगरि भिन्न ठाँउ तीन कन्सल्टेन्सीसँग सम्झौता गरेको छ ।
जोइण्ट भेञ्चरमा काम थाल्ने गरी सडक विभागले ती कन्सल्टेण्ट कम्पनीसँग पहिलो चरणको सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको टिभि अन्नपूर्ण डट कममा खबर छ ।

अघिल्लै साता सम्झौता भइसके पनि यसलाई कसरी कार्यन्वयनमा ल्याउने भन्ने बिषयमा टुंगो लगाउन भने बाँकी नै छ । उनले भने, ‘अब छिटै ती कन्सल्टेन्सीसँग छलफल गरी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेछ ।’ विभिन्न राजमार्ग तथा सहायक राजमार्गमा हुँदै आएको मानवीय क्षति कम गर्न र यातायात सेवालाई भरपर्दो बनाउने उद्देश्यले यस्ता स्थानमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेको होे ।

पहिलो चरणमा छनौट भएर सम्भाव्यता अध्ययन शुरु भएका सडकहरु मकवानपुरको ४ किलोमिटरको कुलेखानीदेखी भीमफेदी काभ्रेको ९ किलोमिटर खुर्कोटदेखी सिन्धुली , कास्कीको ५ किलोमिटर हेम्जादेखी नयाँ पुल , दोलखामा १ किलोमिटर चरिकोटदेखी लामाबगरको लाप्चा गाउँ र ५ किलोमिटर नवलपरासीको बर्दघाटसम्म रहेका छन ।

सम्भावव्यता अध्ययानका लागीमात्रै १ अर्ब खर्च लाग्ने अनुमान गरेको सरकाराले सम्भाव्यता अध्ययान प्रतिवेदन आएलगत्तै आयोजनाको काम थाल्नेगरि अघि बढ्ने तयारी गरेको छ ।
जपान सरकार जाईकाको सहयोगमा नागढुङ्गा–नौबीसे सुरुङमार्ग’ निर्माण गर्न काम थालिसकेकाले यो सँग उपत्याकाबाटै बाहिरिने टोखा–गुर्जे भञ्ज्याङ सडकसमेत प्राथमिकतामा राखेर अघि बढेको छ ।
नेपालको भौगोलिक बनोटका कारण अधिकांश राजमार्गबाट जाने सडकहरू पहिरो तथा दुर्घटनाका हिसाबले उच्च जोखीममा रहेकाले सुरुङमार्ग निमार्णको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढेको हो ।