प्रदेश ३ का प्रदेशसभा सदस्यकोे सपथ (फोटो फिचर)

1418 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

916173422sapath-7मकवानपुर, ७ माघ । प्रदेश नं ३ को अस्थाई राजधानी हेटौंडाको प्रदेश सचिवालयमा आइतबार बिहान ११० जना सांसदले सपथ लिएका छन् । सबैभन्दा जेठा सांसद डोरमणि पौडेलले १०९ जना सांसदलाई सपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा आयोजित सपथ ग्रहण समारोहमा प्रतिनिभिसभा सांसदशरु, पूर्व सांसदहरु तथा सरकारी कार्यलयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । प्रदेश प्रमुख तथा सांसदहरुको स्वागतका लागि क्षेत्रीय शिक्षा निर्देशनालयमा कायम गरिएको प्रदेश सभा सचिवालय परिसरमा पञ्चेबाजा तथा खैँजडी भजन टोलीहरु परिचालन गरिएको थियो । सांसदको सपथअघि जेष्ठ सांसद डोरमणि पौडेललाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कोइरालाले सपथ ग्रहण गराएका थिए ।