चैतदेखि बीस वर्ष पुराना सवारी साधन चलाउन नपाइने

68 पटक पढिएको

प्रकाशित मिति: २१ माघ २०७४, आईतवार १६:५६

सम्पादक: Dhading News

A sea of vehicles seen at jamal due to the traffic being held up for President Dr. Ram Baran Yadav to attend the Botojatra in Jawalakhel on Sunday. Much of the traffic in the valley witnessed almost three hours of traffic jam due to the President. post photo / kaushal adhikari / kantipur

काठमाडौँ, १९ माघ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहनुभएका भक्तपुरका रामबहादुर थापाले जानकारी दिए ।

विभागका महानिर्देशक रुपनारायण भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्छन ।

“नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ साल फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय भएको हो, उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्छ, नहटाए कानूनी व्यवस्थाअनुसार सवारी साधन नियन्त्रणमा लिइनेछ, चल्न पाउने छैनन्”, उनले भने ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाइएको छ । हाल देशभर २० वर्ष पुराना पाँच हजार ५०० सवारी साधन सञ्चालनमा छन् । रासस


२१ माघ २०७४, आईतवार १६:५६ मा प्रकाशित

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....