जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव यादव सहित २ को मृत्यु, एक घाईते,एक वेपत्ता

1333 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

accieent 1 - Copyधादिङ-सिँचाई मन्त्रालयका सचिव ५७ बर्षिय रामानन्द यादवको जिप दुर्घटनामा परेर ज्यान गएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ स्थित घर गएर काठमाण्डौं फर्कदै गर्दा यादव चढेको जिप शनिवार विहान दुर्घटनामा परेको हो । फागुन  ११ गते रन्जनाको विवाह भैरहवाका डा.रणधिर यादवसंग गर्ने पक्का गरेर काठमाण्डौं फर्कर्दै गरेका सचिव यादव काठमाण्डौं पुग्न नभ्याउँदै दुर्घटनामा परेका हुन ।

 उनी सवार  बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङघाट नजिकै पृथ्वीराजमार्गबाट ५० मिटर तल त्रिशूली नदीमा खस्यो ।   सिँचाइ सचिव  यादव मृत भेटिए । बेपत्ता अन्य १ जनाको अवस्था भने अझै अज्ञात छ ।
दुर्घटनामा सचिव यादवका २२ वर्षीय छोरा सन्तोषको अवस्था भने अझै अज्ञात छ ।  दुर्घटनामा  १५ बर्षिया उन्नती गुप्ताको शव भेटिएको छ । उन्नतीको शव गाडि भित्रै रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिपका चालक निरञ्जन यादव घाइते भएका छन् । सिट बेल्ड लगाइएको अवस्थामा चालकको सिटबाट जीपभित्र नै सचिव यादवलाई शशस्त्र प्रहरीका गोताखोहरुले फेला पारेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिनुभयो । नदीमा डुवेको जिपलाई क्रेनको सहायताले बाहिर निकालिएको छ भने सचिव यादवका छोरा सन्तोषको खोजी कार्य भइरहेको छ ।

माइली छोरी डा.रन्जना यादवको विवाहको लागि सचिव यादव कपलिवस्तु स्थित घर गएका थिए । विवाहका लागि फेरी फर्कने गरी काठमाण्डौं आउँदै गर्दा सचिव यादव चढेको जिप शनिवार विहान सडकबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।   पिता महाविर यादव र माता धन्जावती यादवका तीन भाई छोरा मध्ये सचिव यादव माइला छोरा थिए ।
यादवका कान्छभाई बृजा प्रसाद यादवको ५ बर्ष पहिले निधन भैसकोको छ भने दाजु छेदी प्रसाद यादव मात्र रहेका छन । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं लगिएको छ  । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

धादिङ न्यूज सिधै एन्ड्रोइड एपबाट खोल्न  यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।