कृषि बिकाश बैंक गजुरीका ऋण अधिकृत शेर्पाको सवारी साधनको ठक्करबाट मृत्यु

950 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

furnamgel-sherpaकृषि बिकाश बैंक गजुरी धादिङका ऋण अधिकृत फुरनाम्गले शेर्पाको अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएको छ । सोमवार बिहान घरबाट कार्यालय गजुरीतर्फ जाने क्रममा सातदोवाटोमा बस चढन आएका शेर्पाको थसीखेलस्थित मुल सडकमा अज्ञात सवारी साधनले ठक्कर दिई घटनास्थलमै मृत्यु भएको हो ।

बिहान साढे ५ बजे भएको सो घटनामा अहिलेसम्म प्रहरीले कुनै पनि सवारी साधन पक्राउ गर्न सकेको छैन । लामो समयसम्म एएटा सरकारी अधिकृतको हत्या गरी फरार सवारी साधन खोज्नेतर्फप्हरी नलागेपछि हत्या गरी फरार सवारी साधन तत्काल खोजी न्याय दिलाउन दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेश सभा १ का सांसद बिशाल खडका प्रहरी कार्यालय पुगेका छन ।

दोलखाको जिरी नगरपालिका २ स्यामा निवासी शेर्पाको हत्या गर्ने सवारी साधन खोज्न दुवै नेताले ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐनदेखि सातदोवाटो प्रहरीका प्रमुखलाई आग्रह गरेका छन । तर प्रहरीले अहिलेसम्म अनुसन्धान जारी रहेको बताए पनि सवारी साधन पत्ता लगाउन सकेको छैन । बाटोमा हिर्काएर भागेको सवारी फेला पर्न नसक्दा मृतकको सवसमेत अस्पतालबाट उठन सकेको छैन ।

अहिले शेर्पाको शव पाटन अस्पतालमा रहेको छ । एमाले नेता गुरुङ र माओवादी नेता खडकाले तत्काल ज्यान मारेर भाग्ने सवारी पत्ता लगाएर कार्वाही गर्न माग गरेका छन ।