प्रधानमन्त्री केपी शर्मा ओली बाट ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ

653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kp-oli-630x404काठमाडौं, फागुन ३ –प्रधानमन्त्री केपी शर्मा ओलीले ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिनु भएको छ । शीतल निवासमा आयोजित विशेष समारोहका ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्रीले शपथ लिएसगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । एमालेबाटै लालबाबु पण्डित र महिला बालबालिका मन्त्रीका रुपमा थममाया थापा मन्त्री बनेका हुन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थित थिए ।

यसैगरी, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी समारोहमा उपस्थित थिए ।