logo

धादिङका भूकम्प प्रभावितहरू अनुदानको आसमै एककोठे घरको बास

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Dhading-300x225धादिङ -जस्ताको छानो, बाँस तथा अन्य काठपातले बेरिएको अस्थायी टहरा । जीर्ण अस्थायी टहरामा चिसो याममा तप्पतप्प शीतका थोपा चुहिन्छ । मुस्किलले दुई छाकको जोहो तथा लत्ताकपडा । धादिङका भूकम्प प्रभावितहरूको झन्डै तीन वर्षदेखि सकसले दैनिकी चलिरहेको राजधानी दैनिकमा  खबर छ ।

गजुरी गाउँपालिका–१ धादिङकी ६१ वर्षीया हरिवदन उप्रेतीको भूकम्पले घर पूरै नभत्के पनि कतिखेर ढल्ने हो थाहा छैन । अस्थायी टहरामा दैनिक गुजारा चलाइरहेका दम्पत्तिले घरका मोडल, अनुदान रकम लिन पूरा गर्नुपर्ने प्रक्रिया र मापदण्डका विषयमा जानकारी पाएका छैनन् । उनले भने, ‘गाउँतिर एककोठे घर बन्न थाल्यो । पास हुन्छ रे भन्ने पनि सुनें । ज्यान त बचाउनै प¥यो । अहिले एक कोठे घर बनाउँदै छु, उप्रेती थप्छन्, ‘रकमको अभाव र समस्याको दबाबमा कति बस्नू, त्यही भएर भक्तपुरबाट कालिगढ ल्याएर घर बनाउन थालेको हो ।’

धादिङ ठूलो भदौरेकी फूलमाया बिकले पनि एक कोठे घर बनाउन जग राखेकी छन् । तर अहिलेसम्म दोस्रो किस्ता लिएकी छैनन्, उनी भन्छिन्, ‘टहरामा बस्दा बस्दा आत्तिसक्यौं । डाँडामा घर छ । चिसो हावा चल्छ ।’ भूकम्पपछि बनाएको अस्थायी टहरा पनि जीर्ण भइसक्यो । पकाउन, खान, सुत्न, थोरै उब्जनी भएको अन्नपात पनि राख्नै प¥यो, चिन्ता छ । उनी थप्छिन्, घर त तीन÷चार कोठाकै चाहिन्थ्यो । एक कोठाको घर बनाउन त ऋणपान गर्नु प¥या छ ।

ग्रामीण क्षेत्रमा बाटोघाटोको असुविधाका कारण निर्माण सामग्री पु‍¥याउन कठिन छ । रुवीभ्याली गाउँपालिका–४ का रोहित तामाङले पनि खर्च पु¥याउन नसकेर एक कोठाको घर बनाएको बताउँछन् । ‘गाउँमा तालिम प्राप्त कालिगढको अभाव छ । बाहिरबाट कामदार ल्याउँदा झन् महँगो पर्छ । उता सरकारले बेलैमा घर बनाउनुपर्छ भन्छ, यता हामीलाई समस्या नै समस्या छ,’ उनले बताए ।

भूकम्पपछि सरकारले निकालेको घरका मोडल र प्रभावित आफ्नो आवश्यकताअनुसार नभएको बताउँछन् । स्थानीय स्तरमा पाइने निर्माण सामग्रीले ग्रामीण क्षेत्रमा आवश्यक पर्ने खालका घरका मोडल र कम खर्चमा बलियो बनाउन सक्ने किसिमको नभएको बताउँछन् । नीलकण्ठ नगरपालिका–९ धादिङका कमल श्रेष्ठ घर बनाउने काम गर्छन् । तर धेरैको ओत लाग्ने छानो फेरेका उनको परिवार भने अझै अस्थायी टहरामै छ । आफूले चाहेजस्तो घरका मोडल नपाएपछि अहिले इन्जिनियरको सल्लाहमा एक कोठाको घर बनाउन थालेको उनले बताए ।

भूकम्पबाट धादिङमा करिब ७५ हजार घरमा क्षति पुगेको छ । तर अहिलेसम्म २५ हजार घर बनेका छन् । भूकम्पप्रभावितले अहिले एक कोठाको घर बनाइरहेका छन् । भूकम्पीय आवास पुनर्निर्माण परियोजना धादिङका प्रमुख अमर शर्मा इन्जिनियरको निगरानीमा दक्ष कालिगढबाट मापदण्डमा रहेर घर बनाउन आग्रह गर्छन् । उनी भन्छन्, प्रभावितले आफ्नो क्षमताअनुसार एक कोठा वा त्यसभन्दा बढीको कोठाको घर बनाए पनि पाउँछन् । बरु पुनर्निर्माणको काम छिटो अघि बढाउनु प¥यो ।’


slot deposit qris nexus slot