राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आयोगले फागुन २९ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम तय गरेको हो।

राष्ट्रपति चयनका लागि प्रदेश र संघीय संसदका सदस्यहरूले मतदान गर्नेछन्।

निर्वाचनका लागि आयोगले ९ दिनको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार २१ गते नामावली प्रकाशन र २३ गते उम्मेद्वारी दर्ताको कार्यक्रम राखिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतदान काठाडौंमा मात्र हुनेछ। आयोगको निर्णयसँगै सातै प्रदेशका सदस्य काठमाडौं आउनुपर्नेछ। आयोगले मतदान सकिएलगत्तै ४ बजेबाट मतगणना गर्ने जनाएको छ।

पहिलो चरणको निर्वाचनमा कुनै उम्मेद्वारले ५१ प्रतिशत मत नल्याए पुन: मतदान हुनेछ।