पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

704 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

UML-Meetingकाठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका अधिवेशन तथा सम्मेलन रोक्ने निर्णय गरेको छ ।

पार्टीका सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने एमालेले जनाएको छ । पार्टीको शुक्रबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको हो ।

अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बन्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको  प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

अधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने उनले बताए ।