पर्यटकीय महत्वको न्होक गुफा ओझेलमा

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nhok-gufaaधादिङ, – प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने साविकको धुषा  गाविसमा रहेको न्होक गुफा ओझेलमा पर्दै गएको छ ।

पृथ्वीराजमार्गको चरौँदी बजारबाट ग्रामीण सडक हुँदै पुगिने न्होक सुरुङ जस्तो भएकाले चेपाङ भाषामा न्होक भनिएको हो ।

चरौँदीबाट ६ घण्टा हिँडेर पुग्न सकिने धामवाङ समुन्द्री सतह २ हजार मिटरको उचाईमा रहेको छ । न्होक गुफाको प्रचारप्रसार र संरक्षण भए पर्यटनको केन्द्र बनाउन सकिने नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङ बताउनुहुन्छ ।

पर्यटकीय विकासका संभावना भएर पनि ओझेलमा परिरहेको न्होक गुफाको प्रचार प्रसार गर्न सहयोग गर्न शान्ति सामुदायिक विकास समूह दुमवाङले गुफा संरक्षण गर्दै आएको छ ।

mahotsab-web-site-adगुफा भित्र देखिने विभिन्न आकृति र गल्छिमा बगिरहेको पानीको आवाजले यहाँ भित्र प्रवेश गर्ने जो कोहिलाई पनि आकर्षित गर्ने गरेको छ ।

गुफाको मुख्य प्रवेशद्धार एउटामात्र भएपनि गुफा भित्र भने अनगिन्ती सुरुङहरु रहेका छन । चुच्चो परेको तिखा सिसा जस्ता ढुङगालाई छल्दै केहि ठाउँमा सावधानी अपनाएर गुफा प्रवेश गर्नुपर्ने अवस्था रहेको छ ।

चेपाङ समुदायको जिविकोपार्जन सुधार, स्वास्थ्य तथा सरसफाईका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्था शान्ति नेपालका कार्यक्रम संयोजक इन्द्रमान शाक्य गुफालाई पर्यटकिय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको बताउनुहुन्छ ।