प्राकृतिक स्रोत साधन बचाउने पक्षमा सरकारले कसै सित सम्झौता गर्दैन : मन्त्री जमरकट्टेल

1381 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

28536942_10213909920874536_1466490032_n जनता, ब्यबस्था, न्याय, प्राकृतिक स्रोत साधन बचाउने पक्षमा सरकारले कसैसित सम्झौता नगर्ने कुरा प्रदेश न. ३ नेपालका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय शालिकराम जमरकट्टेलले बताउनु भएको छ । सहिद सप्ताह २०७४ को अवसरमा नेकपा माओवादी केन्द्र धादिङ प्रतिनिधि सभा क्षेत्र न. १ को प्रदेश सभा ख को आयोजनामा अमृत उज्ज्वल स्मृती मन्च नेपाल द्वारा निर्मित वृतचित्र प्रदर्शनी तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्रीशुली बचाउ महाअभियानले गर्दै आएको प्राकृतिक स्रोत दोहनका बिरोधका कार्यक्रम आफुले नियाली रहेको र नदि खोलामा हेभी मेसिन प्रयोग गरेर ढुङ्गा झिक्न नपाइने, बालुवा धोएको पानी जस्ताको तस्तै नदि नालामा मिसाउन नदिने बताउनु भयो । निर्माण सामाग्री चाहिन्छ, ब्यबसाय गर्नु पर्छ, हामी बिकल्प दिन्छौ तर प्राकृतिक क्षय हुने गरि र ब्याबसायी आफू बदनाम हुने गरि ब्याबसाय नगर्न पनि ब्यबसायी लाई सुझाव दिनु भयो । साथै अब बन्ने सरकारले जन युद्धमा आफ्नो परिवार वा सन्तान गुमाउनेहरुलाई पहिलो प्राथमिकतामा राखेर र बिशेष कार्यक्रम ल्याइने बताउनु भयो ।

28721782_10213909914354373_1785318710_nधादिङ प्रदेश सभा सदस्य माननीय रामकुमार अधिकारीले सहिद, बेपत्ता, घाइते द्वन्द्व पीडितहरुले ब्यबस्था परिवर्तनको लागि गर्नु भएको बलिदान र त्यागलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । बेपत्ता परिवार धादिङ्को तर्फबाट बोल्दै टीका कंडेलले द्वन्द्व पीडितलाई राज्यले वास्ता गर्न छाडेको हो कि क्या हो भन्ने प्रश्न राख्नु भएको थियो । उक्त कार्यक्रम कृष्ण थपलिया “बिबेक”को संयोजकत्वमा भएको थियो भने संचालन राजेन्द्र कडेलले गर्नु भएको थियो ।