नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित

1181 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

829318151Nepali-Cricketकाठमाडौ,२० फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल पहिलो खेलमा पराजित जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो।  नेपालका लागि आरिफ शेख र शरद भेषावकरले अर्धशतक प्रहार गरेपनि लक्ष्य ठुलो भएको हुँदा नेपाली ब्याटस्मेनको जोर चलेन । आरिफले ५० रन जोडे। उनले ५९ बलमा ५ चौका प्रहार गरे।  शरद भेषावकरले ५२ रनको योगदान दिए। उनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा आउट हुँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे। पारसले ३७ बल खेल्दा ८ चौका प्रहार गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए। उनले ५९ बलमा ३ चौका प्रहार गरे। रोहितकुमार पौडेलले ३० रनको योगदान गरे। बसन्त रेग्मी २ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट १२ रन  र सन्दीप लामिछानेले नआउट ७ रनको योगदान दिए।

बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले ३ विकेट लिए भने ब्रिएन भिट्टोरीले २ विकेट आफ्नो नाममा लेखाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोड्यो।  आइतबार भएको खेलमा जिम्बावेका लागि २ ब्याट्सम्यानले शतक प्रहार गरे। सिकान्दर राजाले १ सय २३ रन जोडे। उनले ६६ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। सिकन्दरले ब्रेन्डर टेलरसँग पाँचौ विकेटका लागि १ सय ७३ रनको साझेदारी गरेका थिए। टेलरले पनि शतक प्रहार गरे। उनले ९१ बलमा १०० रन जोडे। आक्रमक सुरुवात गरेको जिम्बावेले ७ ओभरमै ७७ रन जोडेको थियो। सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ८ ओभरको पहिलो बलमा

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सोमपालले ८ ओभरमा ८२ रन तथा बसन्तले १० ओभरमा ६९ रन दिए। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। कप्तान पारसले ५ ओभरमा ५७ रन खर्चिदा विकेट लिन सकेनन्।
जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भए। ललितले क्राइग इर्भिनलाई ४२ रनमा आउट गरे।