भारतमै ढालियो गान्धीको शालिक

900 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आधुनिक भारतका  राष्ट्र पिता  भनेर चिनिएका महात्मा गान्धीको शालिकमाथि आक्रमण भएको छ । भारतको उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि यो घटना घटेको बताईएको छ ।लेनिनको शालिक ढालेर सुरु भएको शालिक युद्ध महात्मा गान्धी सम्म पुगेको हो ।

सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो । केही युवाहरुले शालिकमाथि ढुङ्गा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् । त्यसपछि भाजपाका प्रतिद्वन्द्वीहरुले अरु शालिकहरुमाथि आक्रमण गर्न थाले ।

 

घटनाले उग्र मोड लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल शालिक माथिको हमला रोक्न निर्देशन दिएका छन् ।

59