भूकम्पपछिको पुनर्निर्माण : अनुदान लिए, घर बनाएनन्

252 पटक पढिएको

प्रकाशित मिति: २६ फाल्गुन २०७४, शनिबार २३:०८

सम्पादक: धादिङ न्यूज

धादिङ – गजुरी गाउँपालिका ६ का केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन्। तर घर बनाउने कुनै सुरसारै छैन। ‘घर बनाउन लगेको पैसा अरु काममा खर्च भयो घर कसरी बनाउनु’ केदारनाथले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन्।’

२०७२ सालमा गएको भूकम्पले उनको घर बस्न नहुने गरी भत्केको थियो। टहरामा बस्दै आइरहेका केदारनाथ दोस्रो किस्ता गुम्ने हो कि भन्ने डरमा छन्। ‘सरकारले दोस्रो किस्ता बापतको रकम लिने म्याद चैत मसान्तसम्म तोकेको छ आफूले भने घरको जग हाल्न समेत सकेको छैन’, केदारनाथले भने।

भूकम्पपछि अधिकांश परिवार चर्केकै घर मर्मत र टालटुल गरी बसेका छन्। घर पूरै भत्केकाहरु पनि टहरालाई टालटुल बनाउँदैमा पहिलो किस्ता बापतको रकम सकाएका छन्। पहिलो किस्ता मर्मतमै सकिएको भूकम्प पीडितहरु बताउँछन्। घर बनाउन सुरु गरेकाहरुले पनि जग हालेर त्यतिकै छोडेका छन्।

घर नबनाएर सरकारले रकम फिर्ता माग्छन् कि भन्ने डर भूकम्प पीडितहरुमा छ। ‘रकम त लगे, घर बनाएन भने पैसा फिर्ता दिनुपर्छ रे’, केदारनाथले भने, ‘अब ऋण गरेर भएपनि घर बनाउन थाल्नुपर्ला।’ पहिलो किस्ता लिने धेरै भए पनि घर निर्माण कार्यले तीब्रता नपाउँदा दोस्रो र तेस्रो किस्ता पाउने थोरै छन्।

धादिङ जिल्लामा भूकम्पपछि पुनर्निर्माणका लागि ७३ हजार २ सय ७६ लाभग्राही सूचिमा परेका थिए। त्यसमध्ये ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि सम्झौता गरेका मध्ये ६८ हजार १ सय ६४ जनाले पहिलो किस्ता बापतको रकम लगेका छन्।

रकम लगेका केहीले घरको जग हालेर छाडेका छन् भने केहीले घर बनाउन समेत थालेका छैनन्। पहिलो किस्ता लिएर घर बनाउन थालेका मध्ये १८ हजार २ सय ६३ जनाले मात्र दोस्रो किस्ता बापतको रकम लगेका छन्। हाल ३१ हजार ६ सय ६६ घरको पुननिर्माण भइरहेको प्राधिकरणले जनाएको छ।

धादिङमा सरकारी अनुदान लिएर पनि घर नबनाउने धेरै छन्। भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन सुरु गरेका छैनन्। घर बनाउनेको संख्या असाध्यै थोरै छ। घर निर्माण अघि बढाएर तेस्रो किस्ताको एक लाख रुपैयाँ लिनेको संख्या झनै कम छन्।

पहिलो किस्ता लिएर घर बनाउन थालेका गजुरी गाउँपालिका १ बाँसखर्कका बीरबहादुर तामाङ दोस्रो किस्ताको रकमको पर्खाइमा छन्। अनुदान लिएको धेरैपछि बल्ल घरको जग हालियो बीरबहादुरले भने, ‘अब दोस्रो किस्ताका लागि निवेदन लिनु पर्ला।’

बाँसखर्कका अधिकांश भूकम्प पीडितहरुले घरको डिपीसी सकेर दोस्रो किस्ताका लागि निवेदन दिएका छन्। हिउँद लागेपछि बर्खा र बर्खामा हिउँदमा बनाउने भन्दै पीडितहरुले घर बनाउने भाका पछि सार्दै आइरहेका थिए।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२६ फाल्गुन २०७४, शनिबार २३:०८ मा प्रकाशित

समाचार

सबै

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि.....

काेराेना संक्रमित धादिङकी महिला ३८ हप्ते गर्भवती

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका घर भएकी २३ बर्षिया एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ.....

Categories