धुनीवेशी नगरपालिकाको विधेयक सभा सम्पन्न, आन्तरिक कानून पारित

1145 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनीवेशी- धुनीवेशी नगरपालिकाको नगर सभाले नगर कार्यपालिकाले प्रस्ताव गरेका न्यायिक समितिको कामलाई व्यवस्थित गर्न बनेको कानून २०७४, सहकारी सम्बन्धी विधेयक २०७४, स्थानीय कृषि व्यवस्थापन प्रवद्र्धन विधेयक २०७४, आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४, बजार अनुगमन सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्न बनेको २०७४ स्वीकृत गरेको छ ।

नगर प्रमुख वालकृष्ण आर्चायको अध्यक्षमा सम्पन्न नगर सभाले चालु आर्थिक वर्षकोे अर्धवार्षिक प्रगति समिक्षा एवं बाँकी अवधिको योजना तथा कार्यक्रम समायोजन तथा स्वीकृति समेत गरेको छ । नगरपालिकाको भौतिक, आर्थिक तथा सामाजिक तथा समावेशी क्षेत्रको विकासको लागि ८२ वटा विकास योजना ४ करोड ३ लाख ५ हजार बजेट स्वीकृत गरेको छ । सो मध्ये सडक भवन लगायतका कार्यक्रमको लागि २ करोड ४६ लाख ५० हजार, खानेपानी योजनाको लागि ३५लाख ५० हजार र लक्षित कार्यक्रमको लागि ४२ लाख ५५ हजार र संस्थागत क्षमता विकास तथा अन्य कार्यक्रमको लागि ७८ लाख पचास हजार र शिक्षा तर्फ ५ लाख बराबरको योजना तथा कार्यक्रम स्वीकृत गरिएको छ ।
ढुङ्गा गिटी बालुवामा सडक प्रयोग एवं पर्यावरण प्रदुषण शुल्क प्रति ट्रिप निशान गाडी तीन सय प्रति ट्रिप, आइचार गाडी चार सय प्रति ट्रिप र ठूलो ट्रिपर पाँच सय प्रति टिप निर्धारण गरेको छ । पूननिमार्ण कार्यलाई प्रभावकारी र छिटोछरितो गर्न भुकम्प प्रभावित परिवारलाई कम्तिमा प्रति ईटा रु.८÷७५ का दरले एक घर निर्माणका लागि १० हजार ईटा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।