क्याम्पसमा प्रजनन स्वास्थ्यका बिषयमा छलफल

1090 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी-क्याम्पसमा अध्यननरत बिद्यार्थीहरुलाई प्रजनन स्वास्थ्यका बिषयमा आधारभूत जानकारी गराउने उद्देश्यले नमूना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीमा अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रजनन स्वास्थ्य सम्वन्धि समस्या, समाधान र निराकरणका लागि गर्न सकिने उपायका बिषयमा छलफल गरिएको थियो । नमूना यूवा समूहको आयोजनामा भएको कार्यक्रमलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) द्धारा संचालित मानवअधिकार उल्लंघन तथा ज्यादती पिडितहरुका लागि अधिकार प्रवद्र्धन कार्यक्रमले सहयोग गरेको थियो ।
युवा समूहका उपाध्यक्ष पवित्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैरेनी स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद ज्ञवाली र इन्सेक जिल्ला सहजकर्ता बिष्णु सिलवालले बिषयबस्तुका वारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षकहरु, युवा समूहका सदस्यहरुका साथै वागेश्वरी माविको कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको युवा समूहका सचिव सम्झना विकले जानकारी दिनुभयो ।