साहिसक जलयात्राको गन्तव्य ‘ त्रिशूली नदी ‘अझै संकटमा

769 पटक पढिएको

प्रकाशित मिति: ३ चैत्र २०७४, शनिबार ०५:४७

सम्पादक: Dhading News

केशव अधिकारी

केह दिन यता त्रिशूली नदी कन्चन भएर बग्न थालेको छ । झण्डै एक दशक पछि त्रिश्ुली नदीमा सफा पानी बग्न थालेपछि नदीको संरक्षणका निम्ति सक्रिय सरोकारवालाहरु खुसी देखिएका छन । कतिपयले भने त्रिशूलीको पानी धमिलो वनाउन देशको ठुलो शक्ति सmित्रय रहेकाले नदीको सुन्दरता धेरै दिन टिक्न नसक्ने आशंका व्यक्त गर्न थालेका छन ।
त्रिशूली नदीको संरचनानै वदलिने गरी नदीमा भएको अतिक्रमण र प्रदुषणको चपेटा रोकथामकालागि त्रिशूली बचाउ अभियान अभियानका मुख्य अभियन्ता मध्ये जगन्नाथ नेपाल जिल्ला समन्वय समिति धादिङको प्रमुख भएपछि धेरैले त्रिशूली नदीको अस्तित्व जोगिने आश गरेका थिए । एक दशक अघि शुरु भएको त्रिशूली बचाउ अभियानमा मुख्य अभियन्ता जिल्ला विकास समिति धादिङका पुर्व उपसभापति उत्तमराज कँडेल हुनुहुन्छ ।
धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा वाताबरणीय हिसावले निकै महत्वपूर्ण रहेको त्रिशूली नदी बचाउन कँडेलले एक दशक अघि देखि धादिङ, नुवाकोट, र काठमाण्डौंका विभिन्न स्थानमा पुगेर शुरुवात गरेको अभियानलाई अहिले बृहद वनाई संचालन गरिंदै आएको छ । त्रिशूली नदी काठमाडौँ उपत्यका, पोखरा, चितवन लगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

त्रिशूलीको जलयात्राबाट पर्यटकले मज्जा लिने भनेकै छाल हो ।नदी नभएका देशहरूले र्र्याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाई र्र्याफ्टिङ चलाइरहेका छन् । केही वर्षअघि मात्र दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा पनि र्र्याफ्टिङका लागि कृत्रिम नदी बनाइएको थियो ।

नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो ।

नेपालमा सन् १९६८ बाट साहसिक जलयात्रा शुरू भएको हो । त्यो बेला न्यूजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले नेपालमा साहसिक जलयात्राको शुरुआत गरेका थिए । त्यसपछि सन् १९७५ मा सरकारले साहसिक जलयात्राका लागि भन्दै विभिन्न १० ओटा नदीलाई स्वीकृति प्रदान गरेको थियो । सन् १९७५ पूर्व विदेशीहरूले मात्र व्यक्तिगत मनोरञ्जनका लागि र्‍याफ्टिङको उपयोग गरेको व्यवसायीहरू बताउँछन् । नेपालमा साहसिक जलयात्रा व्यावसायिक रूपले शुरू भएको पनि सन् १९७५ मा त्रिशूली नदी बाट नै हो । लामो समयसम्म रुग्ण अवस्थामा रहेको र्‍याफ्टिङ व्यवसाय ‘नेपाल भ्रमण वर्ष१९९८’ सँगै विकासित हुन थालेको हो ।

रबरबाट बनेको डुङ्गामा बसेर नदीको बहावसँगै बग्दै जाने प्रक्रियालाई सामान्य अर्थमा र्‍याफ्टिङ भनिन्छ । र्‍याफ्टिङ साहसिक खेल पर्यटन व्यवसाय हो ।साहसिक जलयात्रा जोखिमयुक्त खेल पर्यटन हो । जोखिम न्यूनीकरणका लागि विभिन्न आधुनिक प्रविधि र तरीका अवलम्बन गर्न थालिएको सम्बद्ध व्यवसायीहरू बताउँछन् । र्‍याफ्टिङ जलमा आधारित पर्यटन व्यवसाय पनि हो । साहसिक जलयात्राका लागि नेपालमा करीब १ हजार रिभरगाइड छन् । आकस्मिक उद्धारका लागि रिभरगाइडसँगै विभिन्न किसिमका प्रविधिको सहायताले जोखिम व्यवस्थापन गरिँदै आएको व्यवसायीहरू बताउँछन् । नेपालमा साहासिक जलयात्रामा हालसम्म छिटफुट घटनावाहेक गम्भीर प्रकृतिका दर्ुघटना भएका छैनन् । यसकारण पनि नेपालका नदीहरू र्‍याफ्टिङका लागि उपयुक्त मानिन्छन् ।

र्‍याफ्टिङ व्यवसायका लागि एउटा कम्पनी सञ्चालन गर्न न्यूनतम १५ लाख रुपैयाँ लगानी आवश्यक छ । ‘जलयात्रा नियमावली २०६३’ मा र्‍याफ्टिङ कम्पनी सञ्चालनमा ल्याउन न्यूनतम दुईओटा डुङ्गा हुनुपर्ने प्रावधान छ । हालसम्म र्‍याफ्टिङ व्यवसायमा करीब १ अर्ब रुपैयाँ लगानी भइसकेको अनुमान छ । अहिले पुराना एजेन्सीहरूले लगानी थप्दै गएका छन् । त्यस्तै, नयाँ एजेन्सी थपिने क्रम पनि बढ्दै गएको छ । १ सय ओटा कम्पनी मात्र हाल सञ्चालित छन् । र्‍याफ्टिङ व्यवसायका लागि छुट्टयाएका नदीमा प्रदूषण बढ्दै गएको छ । नदीकिनारमा विस्तार हुँदै गएको मानवबस्तीले प्रदूषण बढाएको छ । नेपालका प्रायः सबै राजमार्ग नदीका किनारबाट लगिएका छन् । मानवबस्तीबाट निस्किने मलमूत्रका ढल पनि नदीमा पठाइने गरिएको छ । त्यस्तै, त्रिशूली र भोटेकोशी नदीकिनारमा बालुवाखानी सञ्चालन भएका छन् । यसले नदी वर्षभरि धमिलो हुने गरेको छ । यी सबैको प्रत्यक्ष असर र्‍याफ्टिङ व्यवसायमा परेको छ ।

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को संयोजनमा पर्यटन क्षेसँग संबन्धित १२ भन्दा बढी सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधि साथै सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रतिनिधिहरु पनि नदी सरसफाइमा सहभागी भएका थिए ।

२१ वटा डुंगा (बोट) मा जलयात्रा गरेका २ सय ५० जनाले नदी सरसफाइ गरेका थिए । सरसफाइ जलयात्रा सकिएपछि आयोजित कार्यक्रममा पर्यटन सचिव सुशील घिमिरेले नदीमाथिको अतिक्रमण रोक्न र यसबाट धेरै लाभ लिनका लागि सबैले आआफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने बताउनुभएको थियो ।

बढ्दो प्रदूषणले त्रिशूली नदीमा सञ्चालित जलयात्रा व्यवसाय संकटमा परेको व्यवसायीले गुनासो गरेका छन् । मानवीय अतिक्रमण र अव्यवस्थित बजारीकरणले विगत ३ वर्षदेखि त्रिशूलीमा लगातार प्रदूषण बढेपछि जलयात्रा व्यवसाय संकटमा परेको हो । ‘विदेशी पर्यटकले जलयात्रा गरेपछि शरीरमा फोका उठेका, एलर्जीको समस्या देखाउने क्रम बढेपछि त्रिशूलीमा जलयात्रा गर्ने पर्यटक गत वर्षको तुलनामा घटेका छन् ।’ नेपाल र्‍यापिmटङ एजेन्ट संघका चचरौंदीदीस्थित केन्द्रीय सदस्य विष्णु सिलवालले भने ।

‘अघिल्लो वर्षको तुलनामा गत वर्ष जम्मा ७० हजारले मात्र जलयात्रा गरे । हरेक वर्ष एक लाखको हाराहारीमा ५० देशका विदेशीले जलयात्रा गर्ने गरेकामा गत मेदेखि मार्चसम्म जम्मा ७० हजारले मात्र जलयात्रा गरेको र डेढ सय डुंगाले मात्र काम पाएको सिलवालले बताए । ‘प्रदूषणका कारण जलयात्रा घटेपछि त्रिशूलीमै मात्र जलयात्रा गर्न अनुमति लिएका ४० वटा कम्पनीका एक हजार २ सय पर्यटन मजदुरको पेसा संकटमा परेको बताउँदै जलयात्रा व्यवसायी सिलवालले त्रिशूलीमा जलयात्रा व्यवसाय बन्द भएपछि नेपालको पर्यटन क्षेत्रमा जलयात्राको इतिहास नै मेटिने दाबी गरे ।

जलयात्रा व्यवसायीले प्रदूषण रोकेर जलयात्रा पर्यटन जोगाउन सरकार र पर्यटन बोर्डलाई बारम्बार ज्ञापनपत्र दिए पनि कुनै सुनुवाइ नगरेको जलयात्रा व्यवसायीको भनाइ छ । व्यवसायीले गत वर्ष विरोधस्वरूप सबै डुंगा त्रिशूलीको साटो पृथ्वी राजमार्गमै घिसार्दार् पनि सरकारले प्रदूषण रोक्न कुनै पहल नगरेको व्यवसायीको दाबी छ । प्रदूषणले त्रिशूलीमा आउने जलयात्री बुढीगण्डकी र भोटेकोसीतिर आकषिर्त भएका छन् । जलयात्रा व्यवसायको दर्ताका लागि चालु आर्थिक वर्षमा त्रिशूलीभन्दा भोटेकोसीमा स्वीकृति माग्नेको संख्या धेरै छ ।

विगत ४७ वर्षदेखि त्रिशूलीमा सञ्चालित जलयात्रा व्यवसाय विगत ३ वर्षदेखि लगातार प्रदूषण वृद्धि भएकै कारण अत्यधिक संकटमा परेको छ । नौविसेदेखि चितवनसम्मको त्रिशूलीसँगै जोडिएको पृथ्वी राजमार्गमा अव्यवस्थित बजारीकरण, होटलहरूले गर्ने फोहोर, मेडिकल हल, गिट्टीबालुवा व्यवसाय, बालुवा पखाल्ने उद्योग, ग्यास उद्योग, सिमेन्ट उद्योग, एग्रोभेट र मेडिकलहरूको फोहोर नै मुख्य चुनौती रहेको छ ।

‘बजारबाट हुने फोहोर व्यवस्थापनको साटो सीधै त्रिशूलीलाई नै डम्पिङ साइट बनाइएको छ, प्लास्टिक र मदिराका बोत्तल तथा मेडिकलबाट सिरिन्ज सीधै त्रिशूलीमै फ्याकिने भएकाले दुर्घटना उद्धारमा समेत कठिनाइ पर्ने गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए ।

‘कतिपय होटलले शौचालयको निकास सीधै त्रिशूलीमै हालेका छन्, हामीले बारम्बार अनुरोध गरे पनि वास्ता गर्दैनन्,’ शिक्षक तिलक चेपाङले भने । पृथ्वी राजमार्गमा हुने सडक दुर्घटनापछि सवारी साधन त्रिशूलीमै खस्छन् । वषर्ामा मात्र धमिलो हुने त्रिशूली बालुवा पखाल्ने व्यवसायका कारण बाह्रै महिना धमिलो हुने गरेको छ । ‘नदीमा प्रदूषण बढेपछि र पानी धमिलो भएपछि दुर्घटनापछि उद्धार गर्न कठिनाइ र चुनौती रहेको छ,’ दुर्घटना उद्धार स्थानीय समितिका अध्यक्ष दिवससागर श्रेष्ठले बताए । ‘धमिलो पानीमा देख्न पनि गाह्रो र उद्धार गर्न गएका व्यक्ति नदीमा फुटेका मदिराका बोतल र सिरिन्जले खुट्टा काटेर हैरानी व्यहोर्नुपरेको छ,’ श्रेष्ठले भने ।

त्रिशूली नदीकिनार अतिक्रमण गरी निर्माण गरिएका भवनले पर्खाल लगाउने बेला लगाइएका तारजालीले डुंगा फुट्ने र च्यातिनेसम्मका घटनाले पटकपटक विवाद भएको छ, प्रदूषण नियन्त्रण गर्न स्थानीयको पहलमा विगत ४ वर्षअघि ‘त्रिशूली सरसफाइ सरोकार मन्च’ गठन भई प्रदूषण घटाउन सरोकारवालासँग बारम्बार अन्तरक्रिया गर्दा उल्टै खप्की खानुपरेको मञ्च सदस्य सीताराम अधिकारीले बताए ।

सबैभन्दा बढी बालुवा पखाल्ने उद्योग बैरेनी, आदमघाट र पोखरेखोलामा नदीकिनारमै माटैसँगको बालुवा पखालेर धमिलो पानी त्रिशूलीमै मिसाउने गरिएको छ ।  नदीबाट सीधै स्काभेटर प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग ’का डेढ दर्जन सानाठूला बजारले त्रिशूलीलाई नै मुख्य डम्पिङ साइट बनाएका छन् । गजुरी, मलेखु, बेनीघाट, चरौंदी, आदमघाटलगायत बजारको फोहोर त्रिशूलीमै खसालेका दृश्य प्रशस्तै भेटिन्छन् ।

लगातार बढ्दो प्रदूषणले त्रिशूली नदी बाह्रै महिना धमिलो हुन थालेपछि माछा मारेर गुजारा गर्नेहरू पनि विस्थापित भएका छन् ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३ चैत्र २०७४, शनिबार ०५:४७ मा प्रकाशित

समाचार

सबै

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली.....

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा.....

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको.....

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व.....

प्रधानमन्त्रीको कार्यभार ईश्वर पोखरेललाई

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलो उपचारको लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओली सिंगापुर.....

Categories