समुहमा बस्दा धेरै समस्या टर्दा रहेछ

953 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मैले त अहिले तरकारी खेतीबाट धेरै आम्दानी लिएको छु । घरमा परिवार पाल्न पनि धेरै सजिलो भएको छ । अहिले त घरमा केहि समस्याहरु आएमा साहुको घरमा सापटी माग्न जानु पनि पर्दैन । यो सबै समुहमा बसे पछि मात्रै सम्भव भएको हो । म अहिले धेरै खुसी छु र मेरो श्रीमान् पनि !
नमस्कार ! मेरो नाम श्रीमायाँ चेपाङ हो । मेरो घर महादेवस्थान गा.वि.स वडा नं. १ घैराङमा पर्दछ । म लालीगुरास आत्मा निर्भर महिला समुहको सदस्य हँु । हाम्रो परिवारमा ३ छोरा, ३ छोरी, श्रीमान् मन बहादुर चेपाङ र म सहित ८ जनाको परिवार छौं । हाम्रो पाखो बारी ८ रोपनी र खेत जम्मा ४ रोपनी मात्रै छ । खेतबारीको उप्जनीबाट जम्मा ७÷८ महिना मात्र खान पुग्दछ । भने चामल त लगभग ९÷१० महिना नै किन्नु पर्ने । बाँकी समय ज्याला गरेर छाक टार्ने गरेका थियौं । हाम्रो पशुपालनको नाममा  ७ बाख्रा, १ हल गोरु र १ गाई मात्र छ । हाम्रो गाउँमा प्राय घरहरुले सुन्तला खेतिबाट राम्रो आम्दानी लिए पनि सहि सदुपयोग गर्न नसकेकोले १२ महिना खानलाई धौ–धौ नै हुन्छ । आफ्नो बच्चालाई नियमित विद्यालय पठाउने, सरसफाई गर्ने कुरामा धेरै नै पछाडी छ ।
यस्तो अवस्था भएपनि समुहमा आवद्ध हुने, नयाँ नयाँ कुरा सिक्ने र जानकारी लिने जस्ता कुराको केहि चासो नै थिएन । यसै क्रममा  प्रयास नेपाल धादिङ, यूनाईटेड मिसन टु नेपाल धादिङ सगँको साझेदारीमा सञ्चालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम मार्फत २०६७ साल पुस महिनामा लालीगुरास आत्मा निर्भर महिला समुह गठन भयो । जुन समुहमा २६ जना सदस्य रहेको थियो । त्यस्तै हामीले हरेक सदस्यबाट बैठकमा रु २०।– का दरले बचत संकलन गर्न सुरुवात ग¥यौं । विस्तारै विस्तारै समुहको वचत सङकलन भए पछि समुह कै सदस्यलाई  सयकडा रु १। का दरले व्याजमा ऋण लगानी गर्न सुरुवात ग¥यो । समुहमा अलि धेरै रकम जम्मा भएपछि आयआर्जनमा पनि ऋण लगानी गर्न सुरुवात भएकै बेला हाम्रो गाउँमा प्रयास नेपाल, धादिङ मार्फत सिन्चाई आयोजना पनि सहयोग भयो । पहिले त मैले थोरै आफु मात्र खानको लागि तरकारी खेती गरेको थिएँ । तर सिन्चाई भएपछि मैले पहिलो पटक समुहबाट तरकारी खेती गर्न कैे लागि रु १०००। ऋण लिई काउली खेती गर्न सुरुवात गरेँ । त्यस पटकको काउली खेती बाट रु४०००। आम्दानी लिएकी थिएँ । र तोकेकै समयम समुहमा ऋण पनि फिर्ता गरेँ ।
पहिले काउली, बन्दा आदि तरकारी लगाएपनि धेरै खर्च लाग्ने भएकोले धेरै उत्पादन गर्न सकेको थिएन । तर जब प्रयास नेपाल धादिङबाट ४ पाकेट काउली र ४ माना राज्माको विऊसहयोग पाएँ । त्यस पछि औषधी र मल किन्नको लागि रु २५००। पनि सहयोग पाए । यो सहयोगले गर्दा मलाई धेरै हौसला बढ्यो । त्यस्तै व्यक्तिगत रुपमा पनि समुह बाट रु ५०००।  ऋण लिई मैले काउली र राज्मा खेती गरेँ । समय समयमा गोडमेल, आवश्यक अनुसार मल र औषधीको प्रयोगले गर्दा काउली र राज्मा खेतीबाट राम्रो उत्पादन भयो । काउली लगभग प्रति के.जीको रु ६०। का दरले अन्तिम सम्म प्रतिकेजी रु ३०। सम्ममा बेच्दा काउली बाटै रु १६०००। आम्दानी लिएँ । त्यस्तै राज्मा तरकारी पनि प्रतिकेजी रु ४०। देखि रु ५५। रुपयाँले  बेच्दा लगभग रु १५०००। आम्दानी भयो । मेरो यो सिजनमा मात्रै रु ३१,०००। हजार आम्दानी भएको छ । भने फेरी समुहबाटै ६ महिनाको लागि १०,०००। ऋण लिई काक्रो, घिरौला खेति सुरुवात गरेको छु । समुहमा बसेकै कारण मैले बाख्रा पालनको पनि सहयोग पाएको छु । अहिले त छोराछोरीलाई कापी कलम किनिदिन पनि धेरै सजिलो भएको छ । ज्याला गर्न पनि जान छोडेको छु । अहिले समुहमा बसेको र समुहमा बचत गर्ने बानीले गर्दा एका तिर आफ्नै बचत संकलन भएको छ भने अर्काे तिर भनेको समयमा कम व्याजमा ऋण लिई आय आर्जन गरि आम्दानी बढाउन सहयोग भएको छ ।
पहिले त मलाई पनि समुहको बैठकमा आउन उती चासो लाग्दैन थियो । तर अहिले म अरु समुहमा आवद्ध नहुने साथीहरुलाई पनि समुहमा आवद्ध हुन सल्लाह दिन्छु । साच्चिकै अहिले आएर महसुस भएको छ मलाई पनि समुहमा बस्दा आफ्ना व्यक्तिगत समस्या देखि गाउँको समस्या समाधान गर्न धेरै सजिलो भएको छ ।

                                                                            चाँदनी थापा मगर