गल्छीमा आप्रवासी कामदार हकहित केन्द्र स्थापना

1365 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी-बैदेशिक रोजगारीमा गएर फर्किएका आप्रवासी कामदारहरुको हक हितका बिषयमा काम गर्ने लक्ष्यका साथ गल्छी गाउँपालिकामा आप्रवासी कामदार हकहित केन्द्र स्थापना गरिएको छ ।सोमबार गल्छी गाउँपालिकाको महेशदोभानमा सम्पन्न भएको भेलाले सुर्य बहादुर खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको गठन गरेको हो । आप्रवासी कामदार हंकहित केन्द्र गल्छी गाउँपालिकाको अध्यक्षमा  निर्वाचित भएका छन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा गोविन्द तामाङ, सचिवमा रामप्रसाद रेग्मी र कोषाध्यक्षमा गोविन्द खनाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा शिव अधिकारी, रामचन्द्र अधिकारी, अर्जुन थापा, कष्ण प्रसाद ओझा र कृष्णलाल श्रेष्ठ रहेका छन् ।

आप्रवासी कामदार हकहित केन्द्र धादिङको उपाध्यक्ष कमला कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सीना, सिड्स धादिङका उपाध्यक्ष राजु परियार, कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गल्छी गाउँपालिकाका बैदेशिक रोजगारबाट फर्किएका ५० भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङले बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउनको लागी पैरबी गर्नेछ । साथै बैदेशिक रोजगारमा गएका व्यक्ति तथा तीनका परिवारमा परेका समस्याहरुलाई समाधानको लागी पहल गर्ने आप्रवासी कामदार हकहित केन्द्रका सचिव धर्मराज थपलियाले बताए ।