बहुउपयोगीताका लागि राष्ट्रिय परिचय–पत्र

1286 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राष्ट्रिय परिचय–पत्र अभिमुखिकरण गर्दै राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रका अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारी । तस्वीर ः राजेन्द्र बस्नेत
राष्ट्रिय परिचय–पत्र अभिमुखिकरण गर्दै राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रका अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारी ।
तस्वीर ः राजेन्द्र बस्नेत

राजेन्द्र बस्नेत
धादिङ/ प्रविधिको विकाससंगै छिटो, छरितो, पारर्दशी, विवाद रहित सुधारिएको सेवा सुविधा दिनु राज्यको दैनिक कार्य हो । यसै अन्तरगत अन्तराष्ट्रिय मापडण्ढ पुरा हुने गरी जैविक विषेशता, केन्द्रिकृत प्राणली र बहुउपयोगीताका लागि राष्ट्रिय परिचय–पत्र प्रदान गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
आईतवार धादिङ सदरमुकाम धादिङवेशीमा राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्र काठमाण्डौले राष्ट्रिय परिचय–पत्र सम्वन्धि अभिमुखिकरण कार्यक्रम कागजमा आधारित नागरिकता केन्द्रिकृत नभएका कारण एक व्यक्तिले धेरै वटा नागरिकता लिएको, अपराधी तथा अवैध गतिविधिमा संलग्न हुने वा कारोवार गर्ने  व्यक्तिहरुले नक्कली नागरिकता प्रयोग गर्ने र तथ्यांक प्रमाणीकरण हुन नसक्नु जस्ताकारणले एक द्ववार प्रणाली कार्यान्वयन गर्न केन्द्रले काम गरिरहेको केन्द्रका अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारीले जानकारी दिए । राष्ट्रिय परिचय–पत्र व्यवस्थापन गर्न  राष्ट्रिय पथमिकता, साधन श्रोत, विद्युत कटौती, जनचेतना स्तर, अवै गतिविभि व्यक्ति समुह, भौगोलिक अवस्था, क्षेत्रिय राजनीति र कम सारक्षरता जस्ता तत्वहरु चुनौतीका रुपमा विद्यमान रहेको अनुसन्धान निर्देशक अधिकारीले वताए ।
जैविक पहिचान सहितको वहुउपोगी वायोमेट्रिक स्मार्ट कार्ड प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै परिचय पत्र नम्वर, राष्ट्रिय तथ्यांक भण्डारण वनाउने, सरकारी सेवा सुविधा एकिकृत प्रणली मार्फत एउटै परिचय पत्रबाट प्राप्त हुने व्यवस्था मिलाउन व्यक्तिीगत विवरण प्शोधन केन्द्र सथापना र सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक तुलसी प्रसाद गौतमले बताए । राष्ट्रिय परिचया पत्र राहादानी लिन, सवारी चालक अनुमति पत्र लिन, व्यक्तिगत घटना (जन्म, विवह, मृत्यु) दर्ता, अन्तरवार्ता लिन दिन, परिक्षा दिन, मुद्दा मामिला गर्न, मतदाता परिचय पत्रका रुपमा प्रयोग गर्न प्रयोग हुन्छ । यसैगरी वैंक वित्त संस्था, दुरसञ्चार, सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत कर कार्ड, औषधी उपचार कार्ड, वीमा कार्ड, गैरसरकारी सेवा र सिमा सुरक्षा व्यवस्थापन गर्न उपयोग गर्ने उद्देश्यले राष्ट्रिय परिचय–पत्रको तयारी भईरहेको कार्यकारी निर्देशक गौतमले बताए । केही वर्ष निर्वाचन आयोगले संकलन गरेको फोटो सहितको मतदाता नामावली आधारमा राष्ट्रिय परिचय–पत्र प्रदान गरिएपनि केही वर्ष पछि जिल्ला प्रशासन कार्यालयहरुले फोटो सहित १० औला औठा छाप सहित नाम थर, ठेगाना, जन्ममिति, स्थान, लिंग, वावु आमाको नाम सहित अन्य विवरण संकलन गर्ने छ । राष्ट्रिय परिचयपत्र सहित अन्य विवरणहरु समेटिएको ६० केवी क चिप्स रहेको स्मार्ट कार्ड प्रदान गर्ने योजना रहेको छ ।
५ वर्ष मित्र राष्ट्रिय परिचय–पत्र अनिवार्य गर्ने योजनाका अगाडी नयां प्रविधि प्रयोग गर्न सर्वसाधरण नागरिकलाई कसरी सहजिकरण गर्ने, अन्य सरोकारवाला निकायलाई अनलाइन सेवामा कसरी आवद्ध गर्ने र श्रोत साधनमा साझेदारी र सहभागिता प्राप्त गर्ने प्राविधिक चुनौती रहेको कार्यकारी निर्देशक गौतमले बताए । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रलले अभिमुकिकरण समापन गर्दै पहिलो चरणमा १ लाख १० हजार जनालाई राष्ट्रिय परिचय–पत्र प्रदान गर्ने महत्वपुर्ण कार्य धादिङबाट शुभारम्भ गर्न आग्रह गरे ।