आप्रवासी कामदार हंकहित केन्द्र थाक्रेको अध्यक्षमा जीवन लामा

1299 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामकुमार थापा
थाक्रे-आप्रवासी कामदार हंकहित केन्द्र थाक्रे गाउँपालिकाको अध्यक्षमा जीवन लामा चयन हुनुभएको छ । सोमबार धादिङको थाक्रे गाउँपालीका वडा नम्बर ११ मा भएको भेलाले लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आईते तामाङ, सचिवमा स्वारीका सुवेदी,सह–सचिवमा संगम लामा र कोषाध्यक्षमा डोल्मा लामा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रेशम मगर, रामबहादुर लामा, विनोद रिजाल र प्रेम बहादुर मगर रहनुभएको छ ।
आप्रवासदी कामदार हकहित केन्द्र धादिङको उपाध्यक्ष कमला कोईरालाको अध्यक्षता र थाक्रे गाउँपालिकाका कार्यकारी अधिकृत पुर्ण प्रसाद दुलालको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा थाक्रे गाउँपालिकाका ११ नम्बरका वडा अध्यक्ष रवीप्रसाद ओझा, वडा नम्बर ६ का वडा अध्यक्ष पुर्णबहादुर कार्की, गाउँपालिकाका कर्मचारी पुण्य प्रसाद नेपाल, सिड्स धादिङका कोषाध्यक्ष यशोदा विडारी, कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र सामि परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीको आतिथ्य रहेको कार्यक्रममा थाक्रे गाँउपालिकाबाट बैदेशिक रोजगारमा गई फर्किएका ५० भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङले बैदेशिक रोजगारलाई सुरक्षीत,भरपर्दो र लाभदायी बनाउनको लागी पैरबी गर्नेछ । साथै बैदेशिक रोजगारमा गएका व्यक्ति तथा तीनका परिवारमा परेका समस्याहरुलाई समाधानको लागी पहल गर्ने छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको आयोजना,चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिङस धादिङ र सुरक्षित आप्रवासन सामी परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो ।