धादिङबाट डेढ करोडको अवैध सामान र १ सय ६७ किलो चरेस बरामद

3212 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २५ चैत – काठमाण्डौंमा सामान पु¥याएर भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अबैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले बरामद गरेको छ ।
गाडीमा लागुपदार्थ चरेस भएको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले मझिमटारबाट शनिबार साँझ मुग्लिनतर्फ जादैं गरेको एचआर ५५ एन १९१० नम्बररको भारतीय कन्टेनरबाट विद्युतीय सामान र चुरोट बरामद गरेको धादिङका जिल्ला प्रहरी प्रमुख ध्रुवराज रावतले बताए ।
‘कन्टेनरभित्र चालक कक्षबाट फल्स बटन र गोप्य ढोका बनाएर नेपालमा मात्र बिक्रीको अनुमति पाएका सामान भारत लैजाँदै गरेको अवस्थामा भेटिएको थियो ।’ आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख रावतले बताएका हुन ।
उक्त कन्टेनरबाट नेपालका लागि मात्र लेखिएका इन्डोनेसियामा उत्पादन भएको मार्लबोरो १७ हजार प्याकेट, पेन्टम ४ ब्राण्डको ३ थान ड्रोन क्यामरा र ब्याट्री, १६ सय थान घडी, चाइनिज मोबाईलहरु छन् । ती सामग्रीको बजार मुल्य एक करोड ५० लाख रहेको प्रहरीले जनाएको छ । कन्टेनर चालक भने फरार भएका छन् ।
यसैगरी, प्रहरीले पृथ्वीराजमार्गमा पर्ने धादिङको गजुरी–१ गलौंदीस्थित पेट्रोल पम्प नजिकै काठमाण्डौबाट वीरगञ्ज जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनर ट्रकको क्याबिनबाट ७ वटा प्लास्टिकका बोरामा लुकाएको अवस्थामा एक सय ६६ किलो ६ सय ग्राम चरेस बरामद गरेको छ । कन्टेनरका चालक भारतको उत्तरप्रदेश मैनपुरी बस्ने २५ वर्षीय शशिकान्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।