गल्छी गाउँपालिकाको वडा नम्बर ६ मा खोरेंतको सक्रमण

1489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न वस्तीहरुमा पशु चौपायमा लाग्ने  खोरेंतको संक्रमण देखिएको छ ।उक्त क्षेत्रका ६ दर्जनभन्दा बढी गाईभैंसीमा खोरेत रोगको संक्रमण भएको पाइएको छ ।   रोग नियन्त्रणका लागि गल्छी गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक मिना अधिकारीलाई खटाएपनि   औषधि उपचारका लागि चाहिने औषधि,उपकरण केही नभएको कारण  रोगको संक्रमण फैलन सक्ने संभावना झनै बढेको छ । संभावित जोखिम क्षेत्र पहिचान गरी लगाउनु पर्ने भएपनि खोपको लागि भ्याक्सिन नभएको र तत्काल खरिद गर्न सक्ने अवस्था समेत नभएका कारण समस्या भएको हो । कृषि र पशु क्षेत्रमा बिनियोजन हुने बजेट अरु नै क्षेत्रमा प्रयोग गरेको कारण यतिबेला किसानहरु समस्यामा परेका हुन् । पशु कार्यक्रमका लागि पठाईएको रकम गाउँपालिकाले  सडक, विद्यालय र खानेपानीको काममा खर्चिएको  छ ।

हावाको माध्यम तथा खोरेत रोग लागेको पशुले टेकेको ठाउँमा स्वस्थ पशुले टेकेमा समेत रोगको संक्रमण फैलन सक्ने भएका कारण अन्य पशुलाई रोग नलागोस भन्नका लागि संक्रमण फैलिएका गाउँवस्तीका सबै पशुलाई खोप लगाउनु पर्ने भएपनि गाउँपालिकामा पशु उपचारका लागि चाहिने कुनै सामान र औषधि समेत नभएको पशु स्वास्थ्य प्राविधिक अधिकारीले बताउनु भयो ।

शुरुमा कडा ज्वरो आउने, -याल काढिरहने, खुट्टा खोच्याउने, र पशुको मुख तथा खुट्टामा घाऊ खटिरा देखिने खोरेतको लक्षण भएको जनाउँदै अधिकारीले संक्रमीत पशुलाई खुल्ला चरनमा नछाड्न र पशुहाटहरुमा नलैजान स्थानीयबासीलाई सचेत गराइएको जानकारी दिनुभयो।

खोरेंत भईसकेका सकेका पशुको उपचार नहुने सो रोगबाट संक्रमित भएपछि उत्पादन क्षमतामा पनि हस आउने भएका कारण सम्भावित जोखिम क्षेत्रमा खोरेंत विरुद्धको  खोप  संचालन गरिनुपर्ने जिल्ला पशु सेवा कार्यालयका घुरन मण्डल बताउनुहुन्छ ।

खोरेत (खुरफट्टा) जनावरमा लाग्ने महामारी रोग 

खोरेत के हो –

खोरेत गाई, भैसी, बाख्रा, सुगुँर, बँगुर, बदेल, हात्ति लगायत खुरखुट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग हो । अन्य महामारी रोगको तुलनामा यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएता पनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग धेरै जनावरलाई लाग्न सक्ने, रोग लागि निको भएका उग्राउने जनावरु तथा बाहिरी बातावरणमा लामो समय रोगाणु जीवित रहन सक्ने भएकोले नियन्त्रण तथा उन्मुलन गर्न अति नै कठिन मानिन्छ ।

खोरेत रोगको विषाणु अति खतरनाक किन मानिन्छ –

खोरेत विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दुषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड््डीसहितको फ्रोजोन मिटमा लामो समय बाँचिरहन्छ । खेरेत विषाणु भूसतहमा ६० किलोमिटर र समुन्द्री सतहमा ३०० किलोमिटर हावाको माध्यमबाट पार गर्न सक्दछ ।

छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्नसक्ने क्षमताका कारण यो रोग महामारीको रुपमा फैलिन्छ । झवाट्ट हर्ेदा खोरेत रोग एकै किसिमको हुने भान परेता पनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ । एक प्रकारको खोरेत विषाणुले महामारी फैलिए पछि तत्कालै अर्को प्रकारको खोरेत विषाणुले रोगी जनावर पुन ः संक्रमित हुन सक्छ । अचम्मको कुरा यो छ कि एक जातको खोरेत विषाणुबाट प्रतिरोधात्मक क्षमता प्राप्त गरिसकेको जनावर अर्को जातको खोरेत विषाणुको प्रतिरोध गर्न सक्दैन ।

खोरेत प्रकोपमा विभिन्न जनावर जातको भूमिका कस्तो रहन्छ –

गाईभैसीमा यो रोगको स्पष्ट लक्षण देखा पर्दछ, भेडाबाख्रामा संक्रमण हुने तर लक्षणको आधारमा ठम्याउन नसकिने हुन्छ भने हामीकहाँ खसीबोका ओसारपसारका कारण नयाँ ठाँउमा खोरेत देखा पर्ने गरेको छ ।

बंगुर उग्राउने जनावर जस्तो रोगाणुवाहक हुन सक्दैन तर एउटा रोगी गाईको तुलनामा एउटा रोगी बंगुरले ३ हजार गुणा बढी खोरेत विषाणु उत्पादन गर्न सक्छ ।

गौगोटे र पी.पी.आर. मा रोग लागेर निको भएको जनावरको शरीरमा रोगाणु हुदैन तर खोरेत लागेर निको भएको भान परेका गाइभैसीमध्ये ५० प्रतिशतको घाँटिभित्र खोरेत विषाणु लामो समयसम्म विद्यमान रहन्छ । खोरेत विषाणु गाईभैसीको घाँटिभित्र ६ महिना र भेडाबाख्राको घाँटिभित्र २ वर्षम्म जीवीत रहने, स्वभावमा परिवर्तन हुन सक्ने भएकोले रोगको प्रकोप भइरहन सक्छ ।

कसरी र्सदछ –

प्रत्यक्ष सर्म्पर्क, हावा, हावापानी, रोगी जनावरको मासु, काँचो दुध र खेरेत विषाणुले दुषित सामान, गाडि आदिको माध्यमबाट र्सछ । बदली भएको समय लामो दुरी पार गरी खोरेत विषाणुले महामारी फैलाउन सक्छ । कुनै मानिस रोगी जनावरको सर्म्पर्कमा रहेको अवस्थामा निजको स्वास नलिभित्र २द्ध घण्टा खोरेत विषाणु बाच्न सक्छ र रोग र्सार्न सक्छ ।

रोगको स्थिति के छ –

ख्ाोरेत रोग नेपालमा बाह्रै महिना तर्राई, पहाड र हिमाली जिल्लाहरुमा देखा परिरहन्छ र पशु आवतजावत नै रोग प्रकोपको मूल आधार हो । खोरेत विषाणु ७ प्रकारका हुने भएता पनि नेपालमा ओ, ए, एशिया वानको कारण महामारी फैलिने गरेको पाइन्छ । केहि समय यता पान एसिया टोपो टाइप ओ भाइरसका कारण वयस्क पशुहरुमा समेत विरामीदर र मृत्युदर बढि देखिएको छ र घातक रुपमा महामारी फैलिने गरेको पाइन्छ ।

रोग देखा परेको कसरी थाहा पाउने –

दशैपछि वा पशु मेला सकिए पछि एकैपटक गाइ, भैसी, बंगुरमा रोग देखा पर्ने, स्वाट्ट दूध सुक्ने, खोच्याएर हिड्ने भएमा खोरेत रोग फैलिएको अनुमान गर्न सकिन्छ । विरामी जनावरमा निम्न बमोजिममका लक्षणहरु चरनबद्ध रुपमा देखा पर्दछन् ।
ड्ड सुरुमा कडा ज्वरो आउने -झोक्य्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने, कम उग्राउने) ।

  • दूधालु गाई वा भैसीले अचानक दूध दिन छोड्छ ।
  • विरामी जनावरले खाने फुलको सेतो भाग जस्तो लस्सादार र्‍याल काढ्न सुरु गर्छ ।
  • मुख भित्र गिजा, ज्रि्रो तथा बंगुरको थुतुनोमा ससाना पानीले भरीएका फोकाहरु देखिन थाल्छन् जुन एक दिन पछि फुट्छ र छाला उप्की आलो घाउ जस्तो देखिन्छ ।
  • खुरको काप, कल्चौडो र थुनमा समेत फोका र घाउ देखिन्छ । खुर पाक्ने र औसा पर्न सक्छ ।
  • विरामी जनावरको खुट्टा सुनिन्ने र खोच्याउने गर्दछ ।

खोरेतस“ग मिल्दाजुल्दा रोग र यिनका प्रमुख विशेषता केके हुन् –

खोरेत जस्तै अन्य रोगमा भेजिकुलर स्टोमाटाइटिस, स्वाइन भेजिकुलर डिजिज र भेजिकुलर एक्जान्थेमा पर्दछन् । लक्षणको आधारमा ठम्याउन गाह्रो हुने भएकाले केवल प्रयोगशाला रोग अन्वेषणबाट मात्र एििकन गर्न सकिन्छ । खोरेत घोडालाई लाग्दैन तर भेजिकुलर स्टोमाटाइटिस घोडालाई लाग्छ । संयोगवस अमेरिकी महादेशमा मात्र सिमीत छ । यो रोग फाटफुट देखा पर्ने, बधुवा जनावर प्रभावित नहुने, खोरेतमा जस्तो मुटु प्रभावित हुदैन ।

स्वाइन भेजिकशुलर डिजिज सुंगुर, बंगुरलाइृ मात्र लाग्दछ र रोगी जनावरको मासुको व्यापारबाट नयाँ ठाँउमा देखा पर्दछ । मष्तिष्क सुनिने भएकोले स्नायु लक्षणहरु पनि देखा पर्दछन् । एसियामा या रोग हंगकंग र जापानमा मात्र रर्ेकर्ड गरिएको छ । अन्य मिल्दाजुल्दा रोगहरुमा निलज्रि्रे, गौगोटी, बोभाइन भाइरल डायरिया पर्दछन् ।

खोरेत भ्याक्सिन लगाएको खवस्थामा पनि खोरेत किन लाग्छ –

पहिलो कुरा, खोरेत रोगका विषाणु विभिन्न प्रकारको हुने र नयाँ खालका खोरेत विषाणुको स्ट्रेन देखा परिरहने र सो भ्याक्सिनमा समावेश नभएमा भ्याक्सिन गरिएका जनावरमा समेत रोग देखा पर्न सक्छ ।

दोस्रो कुरा, खोरेत भ्याक्सिनमा समावेश गरिएका विसभन्न प्रकारका खोरेत विषाणुका एन्टीजेन एकै किसिमले काम गर्दैनन् । भनाईको मतलब बढी मात्रामा माहामारी फैलाउन जिम्मेवार खोरेत विषाणु टाइप ओ भ्याक्सिनमा समावेश भएतापनि लगाएको मितिले छोटो समयको लागि रोग प्रतिरोधक शक्ति -४ देखि ६ महिना प्रदान गर्दछ भने टाइप ए र एशिया १ ले लामो समय -८ देखि १२ महिना सम्म रोगबाट बचाउँछ ।

तेस्रो कुरा, भ्याक्सिनको प्रभावकारिता धेरै हदसम्म कति जनावरमा खोरेत विरुद्ध भ्याक्सिन लगाइएको छ र नयाँ जनावरको आवतजावत हुने गरेकेा छ, सो कुरामा निर्भर गर्दछ ।

हामीले स्पष्ट रुपमा के कुरा बुझनु पर्दछ भने खोरेत विरुद्ध गरिने भ्याक्सिनमा एक जनावर भन्दा बथानलाई रोगबाट बचाउनु विशेष महत्वको कुरा हो । यदि गोठमा एक जनावरलाई मात्र खोरेत विरुद्ध भ्याक्सिन लगाइएको छ र खोरेत महामारीको बेला वरिपरीका जनावरहरु खोरेत रोगी भई लामो समयसम्म प्राकृतिक खोरेत विषाणु बढी मात्रामा निरन्तर भ्याक्सिन लगाइएका जनावरलाई आक्रमण गरिरहेमा भ्याक्सिन गरेको अवस्थामा पनि जनावरको रोग प्रतिरोधक शक्ति क्षीण हुन गई रोग लाग्न सक्छ । विगतमा हामी कहाँ उन्नत जातका गाईभैसीमा मात्र भ्याक्सिन गर्ने गरिदा खोरेत रोग लाग्नु अर्थात भ्याक्सिनले काम नगर्नको प्रमुख कारण यहि हो ।

रोग देखा परेमा के गर्ने –

  •  माथि उल्लेखित लक्षण देखा परेको शंका लाग्नासाथ विरामी जनावरलाई बथानबाट तुरुन्तै छुट्याएर अलगै राख्ने र छिटो साधनद्धारा नजिकैको पशु सेवा केन्द्र, पशु सेवा कार्यलयमा तुरुन्तै सर्म्पर्क राखी नमुना संकलन, रोग निदान तथा नियन्त्रण गर्न सघाउ पुर्‍याउने ।
  • सरसफाइमा विशेष ध्यान दिने, लसपस हुन नदिने र खोरेत लागेको माउको दूध बच्चालाई नखुवाउने वा उमालेर मात्र खुवाउने ।
  • पशु आवत जावतमा रोक, चरन बन्द र वरिपरीका क्षेत्रमा गाइभैसीमा तुरुन्त खोप लगाउने ।
  • पहिलो पटक खोरेत विरुद्ध भ्याक्सिन लगाउँदा बैशाषको पहिलो हप्ता र तेस्रो हप्तामा लगाउने र दशैँ अधि बुस्टर डोज लगाउने

तत्पश्चत ६/६ महिनामा नियमित रुपले लगाउने । संभव भएसम्म बथानमा सबै खुरफट्टा पाल्तु जनावरलाई खोप लगाउने ।
निः संक्रमण गर्न उपयुक्त रसायनहरु के के हुन –

खोरेत जतिको खतरनाक विषणु कुनै छैन र क्वारेन्टिन पोष्टहरुमा निः संक्रमण गर्न सोडियम हाइड्रोक्साइड -२ पतिशत झोल, सोडियम कार्बोनेट -४ प्रतिशत झोलवा साइट्रिक एसिड -०.२ प्रतिशत झोल प्रयोग गर्न सकिन्छ ।